शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

महन्थ ठाकुर पक्षको कार्यकारिणी समितिको बैठक बस्दै

शनिबार, ०२ साउन २०७८, ०९ : ००
शनिबार, ०२ साउन २०७८

जनता समाजवादी पार्टी नेपाल (जसपा) महन्थ ठाकुर पक्षको कार्यकारिणी समितिको बैठक शनिबार बस्दैछ । 
बबरमहलस्थित जसपामा कार्यालयमा बस्न लागेको कार्यकारिणी समितिको बैठकमा निर्वाचन आयोगमा विचाराधीन मुद्दा, सर्वोच्च अदालतको आदेश, देउवा सरकारबारे धारणा तय गर्ने लगायतको विषयमा छलफल हुने कार्यकारिणी समितिका सदस्य अकवाल अहमदले बताए ।

अध्यक्ष महन्थ ठाकुरले हेरफेर गरिएको कार्यकारिणी समितिको बैठक बोलाएका हुन् । अध्यक्ष ठाकुरले अर्का अध्यक्ष उपेन्द्र यादव पक्षीय २० जना सदस्य हटाएर आफू निकटका लाई समितिमा ल्याएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप