भारतको ओलम्पिक टोली : आर्चरीमा श्रीमान्–श्रीमती, कुस्तीमा साली-भेना
शनिबार, ०२ साउन २०७८, १४ : १०
ओलम्पिक खेलमा भारतबाट १ सय २२ खेलाडी सहभागी हुँदैछ । २३ जुलाईबाट टोकियोमा सुरु हुने खेलकुदको यस महाकुम्भमा आर्चरीतर्फ सहभागी अतानु दास र दीपिका कुमारी पति–पत्नी हुन् । त्यस्तै कुस्तीमा सहभागी विनेश फोगाट र बजरंग पुनिया नाताले साली–भेना हुन् ।
बक्सर एमसी मेरी कोम र टेनिस स्टार सानिया मिर्जा ओलम्पिक खेल्ने भारत अन्य दुई सेलिब्रेटी हुन् । दीपिका र अतानुले टोकियो ओलम्पिकमा जानुभन्दा केही दिनअघि मात्रै विश्वकपमा सफलता हासिल गरेका छन् । आर्चरीको यो जोडीले पहिलोपटक एकसाथ स्वर्ण जितेको हो । उनीहरु एक वर्ष अघिमात्रै विवाह बन्धनमा बाँधिएका थिए ।
दीपिकाले तेस्रो र अतानुले दोस्रोपटक ओलम्पिक खेल्न लागेका हुन् । टोली ओलम्पिक सुरु हुन ६ दिनमात्रै बाँकी छ । यस्तोमा विश्वभरका खेलाडीहरु ओलम्पिक पुगेर तयारीमा लागिसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जब विमानस्थलमा विराट कोहली महिला पत्रकारसँग विवादमा ओर्लिए !
-
काश्मिरमा विद्रोहीसँग भारतीय सेनाको भिडन्त, पाँच जनाको मृत्यु
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल
-
गिरिराजमणि पोखरेललाई प्रश्न : विप्लव महिन्द्रसँगको एकता सहमति भत्किएको हो ?