ओलीले बोलाए स्थायी कमिटी बैठक, माधव पक्षलाई पनि खबर पठाइयो
नेकपा एमालेले स्थायी कमिटीको बैठक बोलाएको छ । आइतबार दिउँसो ११ बजे च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा बैठक बोलाइएको एमाले कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।
तामाङका अनुसार भोलिको आइतबार बस्ने स्थायी कमिटी बैठकले सोमबारका लागि केन्द्रीय बैठक बोलाउने निर्णय गर्ने छ । बैठकमा माधव नेपाल पक्षलाई पनि खबर पठाइएको उनको भनाइ छ ।
'२०७५ जेष्ठ २ गतेकै बैठक बोलाउने गरेका छौं । हामीले सबैलाई खबर गर्ने गरेका छौं । बैठकमा आउनुपर्ने दायित्व र जिम्मेवारी उहाँहरुको हो, ' उनले भने ।
शनिबार विहान बसेको नेकपा एमालेका दोस्रो तहका नेताहरुको बैठकले पार्टीलाई एकतावद्ध बनाउन सम्पूर्ण ध्यान केन्द्रित गर्ने निष्कर्ष निकालेको थियो ।
बैठकले पार्टी एकताका लागि गठित कार्यदल जुटाएको १० बुँदे सहमति कार्यान्वयन गर्दै अघि बढने निर्णय गरिएको नेता सुवास नेम्वाङको भनाइ छ ।
शुक्रबार पनि एमालेको स्थायी कमिटी बैठक बसेको थियो। बैठकमा माधव नेपाल पक्षीय नेताहरु भने सहभागी थिएनन् ।
बैठकले एकता कार्यदलले तयार पारेको प्रतिवेदन ग्रहण गर्दै कार्यदल भंग गर्ने निर्णय गरेको थियो ।
एमाले अध्यक्ष ओलीले एकपक्षीय रुपमा बैठक राखेपछि नेपाल पक्ष थप चिढिएको छ । नेपाल पक्षले भोलिको बैठकमा नजाने बताएको छ । अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपालबीच समझदारी निर्माण भएर बोलाइएको बैठकमा मात्र सहभागी हुने नेपाल पक्षको अडान छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बूढानिलकण्ठलाई युनेस्को विश्वसम्पदा सूचीमा पार्न पहल
-
तोकिएको मितिमा अधिवेशन गर्न अध्यक्ष थापाको निर्देशन
-
गोरखामा दुई वटा चितुवा मृत फेला
-
सुस्तावासीलाई एक वर्ष निःशुल्क बिजुली
-
‘लेले–चन्दनपुर सडकलाई तराई जोड्ने वैकल्पिक राजमार्ग बनाउनुपर्छ’
-
१० बजे १० समाचार : हिरासतमा रवि, संसद्मा अध्यादेशबारे निर्णय भोलि