शुक्रबार, २१ असार २०८१
ताजा लोकप्रिय

नेपालले एसियन भलिबल च्याम्पियनसिपमा सहभागिता जनाउन नपाउने

शनिबार, ०२ साउन २०७८, १४ : ०४
शनिबार, ०२ साउन २०७८

कोरोना भाइरसको उच्च जोखिम भएको देशको सूचीमा आयोजक फिलिपिन्सले नेपाल र भारतलाई राखेसँगै फिलिपिन्समा आयोजना हुने एसियन सिनियर महिला भलिबल च्याम्पियनसिपमा नेपाल खेल्नबाट बञ्चित भएको छ । महिना दिन देखी तयारी गरेको नेपालको अवसर गुम्दा खेलाडी केही निराश पनि भएका छन् । 

पहिलो पटक एसियन भलिबल प्रतियोगितामा सहभागि हुने अवसर पाएको नेपाली महिला भलिबल टोलीलाई शुक्रबार एसियन भलिबल कन्फेडेरेसन (एभीसी) ले जारी गरेको तालिका पछि केही निराश बनायो । ठूलो प्रतियोगिता खेल्ने पाउने उमंगका साथ तयारी गरेको महिला टोलीलाई उक्त तालिकाले स्तब्ध पनि भए । आठ टोलीले मात्र प्रतिस्पर्धा गर्ने तालिका सार्वजनिक भएसँगै नेपालको अवसर गुमेको छ । कोरोना भाईरसको रेड जोनमा नेपाललाई समावेश गरेका कारण एभीसीले प्रतियोगितामा समावेश नगरेको मुख्य प्रशिक्षक जगदीश भट्टले बताए ।

नेपाल रेड जोनमा परेको भन्दै आयोजकले नेपाललाई समावेश नगरेको भलिबल संघले यस अघि विज्ञप्ती जारी गरिसकेको छ । अन्तिम समयमा आएर महिला टोलीले एसियन च्याम्पियनसिप खेल्ने मौका गुमाउँदा खेलाडी निराश भएको कप्तान अरुणा शाहीले बताइन् । ठूलो प्रतियोगितामा सहभागिता जनाउने मौका गुमाए पनि अन्य प्रतियोगितामा टोलीले राम्रो गर्ने विश्वास व्यक्त गरिन् ।

एसियन च्याम्पियनसिप आगामी अगष्ट २९ देखि सेप्टेम्बर ५ सम्म हुँदै छ । नेपालको सहभागिताका लागि राष्ट्रिय खेलकुद परिषद (राखेप) ले समेत आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएसँगै संघले खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर तयारीको वातावरण मिलाएको थियो । तर अन्तिम समयमा आएर नेपाल प्रतियोगिता भन्दा बाहिर हुँदा ठूलो प्रतियोगितामा सहभागि हुने राम्रो अवसर गुमेको हो । च्याम्पियनसिपमा अब आयोजक फिलिपिन्स, थाइल्यान्ड, दक्षिण कोरिया, काजकिस्तान, चाईनिज ताइपेइ, इरान, अष्ट्रेलिया र उज्वेकिस्तानले सहभागिता जनाउनेछन । प्रतियोगिताबाट बाहिर रहेका नेपाल र भारतलाई एभिसिले आयोजना गर्ने प्रतियोगितामा उच्च प्राथमिकता दिने समेत बताएको मुख्य प्रशिक्षक जगदीश भट्टले बताए ।

कोभिडका कारण झण्डै डेढ वर्ष रोकिएको राष्ट्रिय र अन्तर्राष्ट्रिय सहभागितालाई एसियन च्याम्पियनसिपबाट ढोका खोल्ने नेपालको लक्ष्य अधुरै बनेको छ । पहिलो पटक देशको प्रतिनिधित्व गर्दै एसियाली प्रतियोगितामा सहभागिता जनाउँदै अनुभव बटुल्ने योजनामा पनि धक्का लागेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप