सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

ओलम्पिक भिलेजमा भेटियो कोरोना संक्रमण

शनिबार, ०२ साउन २०७८, १४ : ०२
शनिबार, ०२ साउन २०७८

टोकियो ओलम्पिक सुरु हुन ६ दिनमात्रै बाँकी छ । र, ओलम्पिक भिलेजमा खेलाडीहरु पुगिसकेका छन् । बिडम्बनाको कुरा ओलम्पिक भिलेजमै कोरोना संक्रमणको घटना देखिएको छ । टोकियो २०२० का सीईओ तोसिरो मुटले विदेशबाट आएका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको बताए । उनका अनुसार ती व्यक्ति खेल आयोजनामा संलग्न थिए । यद्यपि, उनले ती व्यक्तिको राष्ट्रियता खुलाउन मानेनन् । 

यी व्यक्तिलाई अहिले भिलेजबाट हटाइएको छ । भिलेजमा हजारौं खेलाडी र पदाधिकारीहरु बसेका छन् । कोरोना भाइरस संक्रमण रोक्नका लागि भिलेजमा कडा मापदण्ड अपनाइएको छ । ‘यी व्यक्तिलाई अहिले होटलमा पठाइएको छ’ ओलम्पिक आयोजक कमिटीका प्रवक्ता मासा टाकायाले भने । 

कोरोना महामारी नफैलियोस् भन्नका लागि सक्दो उपायहरु अबलम्बन गरिएको आयोजक कमिटीका प्रमुख सेइको हासिमोतोले बताए । कोरोना महामारीका कारण गत वर्ष आयोजना हुनुपर्ने ओलम्पिक यस वर्षका लागि सरेको हो । २३ जुलाईमा ओलम्पिकको उद्घाटन हुने तय छ ।

अगस्ट ८ सम्म ओलम्पिक खेलकुद चल्नेछ । त्यसपछि पारा ओलम्पिक सुरु हुनेछ । कोरोना भाइरस संक्रमण फैलिरहेका कारण जापानी जनताहरु ओलम्पिकलाई लिएर खासै उत्साहित छैनन् । बरु ओलम्पिकमा सहभागी हुन आउने विदेशीहरुले संक्रमण फैलाउन सक्ने भय उनीहरुलाई छ । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप