बुधबार, ०३ पुस २०८१
ताजा लोकप्रिय

राप्रपामा जनप्रिय नेतृत्व आवश्यकः धवल शमशेर राणा

शनिबार, ०२ साउन २०७८, १३ : ३९
शनिबार, ०२ साउन २०७८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता धवलशम्शेर राणाले जनभावनालाई जनमतमा परिणत गर्न सक्ने, सबै राष्ट्रवादी शक्तिलाई एकतावद्ध गर्न सक्ने कुशल र सबल जनप्रिय नेतृत्व राप्रपामा आवश्यक रहेको बताएका छन् ।

राप्रपामा उठेका प्रजातान्त्रिक रुपान्तरणको विषयले पार्टी र नेतृत्व कमजोर नहुने भन्दै नेता राणाले पार्टीपंक्तिमा अन्यथा भ्रम सिर्जना नर्गन आह्वान गरेका छन् ।

‘के प्रजातान्त्रिक पार्टीमा नेतृत्व परिवर्तनको विषय उठाउनु गलत हो र ?’ राणाले सामाजिक संजालमा शनिबार भनेका छन् । ‘भ्रममा नपारियोस्, राप्रपामा उठेका रुपान्तरणको विषय पार्टी र नेतृत्वलाई कमजोर बनाउने विषय पटक्कै हैनन् ।’

राणाले भने, ‘राप्रपामा जनभावनालाई जनमतमा परिणत गर्न सक्ने जनप्रिय नेतृत्वको आवश्यक छ । सबै राष्ट्रवादी शक्तिलाई एकताबद्ध गर्न सक्ने कुशल र सबल नेतृत्वको आवश्यक छ ।’ 

नेपालगन्ज उपमहानगरपालिकाका मेयरसमेत रहेका राणाले यस अघि नै राप्रपाको अध्यक्ष पदमा दावी गरिसकेका छन् । महाधिवेशन उन्मुख राप्रपामा युवा पुस्तामा नेतृत्व हस्तान्तरणको बहसले व्यापकता पाएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप