दाङमा १० जना जुवाडे पक्राउ
दाङको घोरोही उपमहानगरपालिकाबाट प्रहरीले १० जना जुवाडेलाई नियन्त्रणमा लिएको छ । शुक्रबार साँझ घोराही उपमहानगरपालिकामा जुवातास खेल्दै गरेका १० जना जुवाडे पक्राउ परेका हुन् । घोराही उपमहानगरपालिका –१३ को डुमरगाउँस्थित गनबहादुर घर्घीको घरमा जुवातास खेलिरहेको छन् भन्ने सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले १ लाख २२ हजार ५१० नगद र ६ गड्डी ताससहित १० जनालाई पक्राउ गरिएको प्रहरीद्वारा जारी प्रेस विज्ञप्तीमा उल्लेख छ ।
पक्राउ पर्नेमा सोही स्थानका ५२ वर्षीय कमान पुन , ४२ वर्षीय लोकबहादुर घर्ती, ४५ वर्षीय प्रेम पुन , ४२ वर्षीय आइतबहादुर घर्ती, ३४ वर्षीय ज्ञानसिंह बुढा , घोराही –१५ का २२ वर्षीय निमबहादुर रोका, घोराही –१४ का २६ वर्षीय त्रिपन बुढा, घोराही–१५ का ३३ वर्षीय ढोका घर्ती, वडा नम्वर १२ का ४० वर्षीय तेजलाल पनु र वडा नम्वर–१३ बस्ने ६८ वर्षीय गणबहादुर घर्ती रहेका छन् । उनीहरुविरुद्ध थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोटिहोमका लागि काटिएको दाउरा जफत
-
दर्ता हुन नआए फेसबुक र इन्स्टाग्रामलाई प्रतिबन्ध लगाउने मन्त्री गुरुङको चेतावनी
-
पूजाको शानदार अर्धशतक, नेपालद्वारा १ सय ४६ रनको लक्ष्य प्रस्तुत
-
नेपाल एयरलाइन्सको तीन दिनलाई बेङ्लोर उडान परिवर्तन
-
भारतीय नागरिकलाई भन्सार एजेन्टका रूपमा राखेका कारण बेथिति सिर्जना भयो : सांसद थापा
-
अमेरिकामा ट्रान्सजेन्डर खेलाडीले महिलाको श्रेणीमा खेल्न नपाउने