मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

पाल्पामा पहिरोले पुरेर डोजरका सह–चालकको मृत्यु

शनिबार, ०२ साउन २०७८, १२ : ०७
शनिबार, ०२ साउन २०७८

पाल्पाको तिनाउँ गाउँपालिकामा पहिरोले पुरेर जेसिभी (डोजर)  सह–चालकको मृत्यु  भएको छ । तिनाउँ गाउँपालिका –६, डुम्रे स्थित भित्रि सडकमा शनिवार विहान लु १ क २४९६ नम्वरको जेसीभी  पहिरोले पुरिँदा बर्दियाको बाँसगढी नगरपालिका–४ निवासी २७ बर्षीय महेन्द्र भन्ने मुमलाल पुनको मृत्यु भएको हो । शुक्रबार साँझ गम्भीर घाइते भएका उनको उपचारको क्रममा मृत्यु भएको हो ।

  पाल्पाका प्रहरी  प्रवक्ता डिएसपी रामेश्वर त्वातीका  अनुसार डुम्रेबाट होलीघाटतर्फ ढुङ्गा लोड गरी जाँदै गरेको लु ४ त ६६२९ नम्बरको ट्याक्टर हिलोमा फसे पछि त्यसलाई  निकाल्न लु  १ क २४९६ र लु १ क २४९७ नम्बरको जेसिबी पुगेको थियो ।  
 सोही ट्याक्टर निकाल्ने क्रममा एक्कासी  माथिबाट खसेको पहिरोले ट्याक्टर र जेसिबी  पुरिँदा  लु १ क २४९६ नम्बरको जेसिबी चालक  रैनादेवी छहरा गाउँपालिका–१ का २० वर्षीय सरोज बुढा  र  सह–चालक बर्दियाका पुन घाइते भएका थिए ।  बर्दिया घर भएका मृतक पुन  पाल्पाको डुम्रेमा बसोबास गर्दै आइरहेका थिए ।  चालक बुढाको  भने प्रभास अस्पतालमा उपचार भई रहेको प्रहरीले जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप