राउटे युवती सम्झना शाहीलाई ‘अस्ताइन् सम्झना’ भनेर गलत प्रचार, युट्युब च्यानललाई कारबाही गर्न माग
सुर्खेत । राउटे युवती सम्झना शाहीलाई ‘अस्ताइन् सम्झना’ शीर्षक राखेर गलत प्रचार गरेको भन्दै राउटे, लोपोन्मुख, सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठानले आपत्ती जनाएको छ।
प्रतिष्ठानले जिउँदो व्यक्तिलाई त्यस्तो आपत्तिजनक तरिकाले गलत प्रचार गरेको भन्दै त्यस्तो अपराध गर्ने युट्युव च्यानललाई कारबाही गर्न अनुरोध गरेको हो ।
प्रतिष्ठानका अध्यक्ष सत्यदेवी खड्काले राउटे चेलीको मानव अधिकार संरक्षणका साथै न्याय दिएर शान्ति सुरक्षा कायम गरिदिन जिल्ला प्रशासन कार्यालय सल्यानलाई आग्रह समेत गरेकी छन् ।
पत्रमा भनिएको छ,‘ नेपाल खबर नामक एक युट्युव च्यानलले ‘‘ अस्ताइन् सम्झना–हत्या की आत्म हत्या’ शीर्षक राखेर गलत कुराको प्रचार गरिएको छ । राउटे चेलीको मानव अधिकारको हनन् भएको छ।’
खड्काले भनिन्, ‘जंगलमा घुमन्ते राउटे समुदायका चेलीहरूलाई बारम्बार चरित्र हत्या गर्ने खालका कार्य गर्ने र गराउने प्रविधिलाई रोक्ने प्रयास भईरहेको छ। त्यसका लागि लोपोन्मुख सिमान्तकृत वर्ग उत्थान प्रतिष्ठान नेपालका कर्णाली प्रदेश सदस्य वसन्ता दाहाल सहित नेपाल प्रहरीले निरन्तर काम गरिरहेका छन् ।’ यद्यपि, राउटे युवती सम्झनाको पुरानो तस्वीरको प्रयोग गरेर गलत प्रचार गरिएको छ।
उक्त, युट्युव च्यानलको मेन हेडलाईन ‘ अल विदा सम्झना राउटे’ भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का