शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

प्रदेश २ : माओवादीलाई सहभागी गराउन संचार मन्त्री यादव र राज्यमन्त्री कुशवाहाले राजीनामा दिँदै

शनिबार, ०२ साउन २०७८, १० : २६
शनिबार, ०२ साउन २०७८

प्रदेश नम्बर २ सरकारका एक मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिँदैछन् । आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवाहाले राजीनामा दिने आन्तरिक तयारीमा लागेका छन् ।

नेकपा माओवादी केन्द्रलाई प्रदेश सरकारमा सहभागी गराउनका लागि मार्गप्रशस्त गर्दै जनता समाजवादी पार्टी नेपालको निर्देशनअनुसार उनीहरुले राजीनामा दिन लागेका हुन् ।

ती दुवै मन्त्रीले आज केहि बेरमै मुख्यमन्त्री लालबाबु राउतलाई राजीनामा पत्र बुझाउने छन् । राजीनामा दिएपछि आजै दिउसो ३ बजे माओवादीलाई सो मन्त्रालयको जिम्मेवारी दिने भएको छ ।

माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउनका लागि मार्गप्रशस्त गर्न लागेको  आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले जानकारी दिए ।

मुख्यमन्त्री राउतले आज माओवादी केन्द्रलाई एक मन्त्रालय र एक राज्यमन्त्री दिएर मन्त्रिपरिषद् विस्तार गर्न लागेका छन् । माओवादी केन्द्रका लागि मुख्यमन्त्री राउतले दुई वटा मन्त्रालय दिनका लागि छुट्याइएपछि माओवादीसँग कुरा नमिलेको थिएन ।

माओवादी केन्द्रले महत्वपूर्ण मन्त्रालय दिए मात्रै सरकारमा सहभागी हुने जनाउँदै आएको थियो ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयको जिम्मेवारी माओवादीलाई

प्रदेश सरकारमा माओवादी केन्द्रबाट संसदीय दलका नेता भरतप्रसाद साहलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयको जिम्मेवारी दिने पक्कापक्की भएपछि सरकारमा जान लागेका छन् । त्यस्तै रुवी कर्ण राज्यमन्त्री बन्न भएकी छन् ।

मन्त्रीमा नियुक्त हुन लागेका दुवैजनालाई आज दिउँसो ३ बजे प्रदेश प्रमुख राजेश झा अहिराजले पद तथा गोपनीयताको शपथ लिनेछन् ।

यसअघि, माओवादीलाई सरकारमा सहभागी गराउनका लागि उद्योग, वन, वातावरण, पर्यटन मन्त्रालय फुटाएर उद्योग, पर्यटन तथा वन मन्त्रालय र आर्थिक मामिला तथा योजना मन्त्रालयलाई फुटाएर वाणिज्य, आपूर्ति तथा विज्ञान प्रविधि मन्त्रालय थपेको थियो ।

तर, माओवादीले भने अर्थ मन्त्रालय, आन्तरिक मामिला तथा संचार मन्त्रालय र कृषि मन्त्रालय मध्ये कुनै एक मन्त्रालय दिन ताक्दै आएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप