शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

एमालेमा एकताको प्रयासका लागि दोस्रो तहका नेताहरु फेरि जुटे छलफलमा

शनिबार, ०२ साउन २०७८, १० : २३
शनिबार, ०२ साउन २०७८

काठमाडौं । नेकपा एमाले दोस्रो तहका नेताहरु पार्टी एकता प्रयास स्वरुप छलफलमा जुटेका छन् । सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा दोस्रो तहका नेताहरुबीच छलफल चलिरहेको छ ।

छलफलमा विघटित कार्यदलका अधिकांश सदस्य सहभागी रहेको स्रोतले जानकारी दिएको छ ।​ विघटित कार्यदलमा सुवासचन्द्र नेम्वाङ, भीम रावल, सुरेन्द्र पाण्डे, विष्णु पौडेल, घनश्याम भुसाल, रघुजी पन्त, गोकर्ण विष्ट, प्रदीप ज्ञवाली, विष्णु रिजाल र शंकर पोखरेल रहेका थिए । 

यस्तै एमाले सचिवत्रय पृथ्वीसुब्बा गुरुङ, योगेश भट्टराई र भीम आचार्य पनि आजको छलफलमा सहभागी छन् । शुक्रबार संस्थापन पक्षले एकतर्फी रुपमा स्थायी कमिटी बैठक राखेर कार्यदलको सहमति अनुमोदन र कार्यदल विघटनको निर्णय  लिएको थियो ।

यसले एमालेमा एकताको प्रयासमा अवरोध खडा गरेको माधव नेपाल पक्षको नेताहरुको भनाइ थियो । असार २७ गते कार्यदलले गरेको दश बुँदे सहमति कार्यान्वयनमा समस्या देखिएपछि नेताहरु छलफलमा जुटेको बुझिएको छ ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालको टकरावका कारण सहमति कार्यान्वयनमा समस्या खडा भएको छ ।  ओलीले माधव नेपाललाई एमालेमा ठाउँ नरहेको बताएपछि पार्टी एकता जटिल बनेको छ ।

यस्तै शुक्रबार एमाले स्थायी कमिटीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत नदिने निर्णय गरेको छ भने माधव पक्ष संसद जोगाउन भएपनि विश्वासको मत दिने अडानमा छ । एमाले प्रतिपक्षी कित्तामा पुगे पनि नेपाल पक्षले सत्तारुढ गठबन्धनसँगको सहकार्य जारी राखेको छ । यसले एमाले एकताको प्रयासमा थप जटिलता खडा गरेको नेताहरुको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप