शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
पत्रपत्रिका

बढ्न थाल्यो कोरोना सङ्क्रमण

शनिबार, ०२ साउन २०७८, ०७ : १०
शनिबार, ०२ साउन २०७८

कोरोना (कोभिड–१९)को सङ्क्रमण फेरि बढ्न थालेको छ । क्रमिक रूपमा घट्दै गएको  कोरोना  सङ्क्रमण  निषेधाज्ञा  खुकुलो  भएसँगै  उकालो लाग्न थालेको हो । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गएको २४ घण्टामा  देशभर दुई हजार ९३६ जना व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको जनाएको छ ।

अघिल्लो दिन यस्तो सङ्ख्या एक हजार ७८२ रहेको थियो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा कोरोना सङ्क्रमितको  सङ्ख्या सात लाख १२ हजार ३७३ पुगेको छ । 

तीमध्ये छ लाख ६४ हजार ५७६ जना पीसीआर र ४७ हजार ७९७ जना एन्टिजेन परीक्षण गरिएको थियो । विगत २४ घण्टामा थप ४३ जना सङ्क्रमितको मृत्यु भएको छ । योसहित कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार ५०६ पुगेको छ ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप