राष्ट्रपतिबाट संविधानको व्यवस्था प्रतिकूल काम भयो : महान्यायाधिवक्ता
नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीले देशकै अभिभावक राष्ट्रपतिबाट संवैधानिक व्यवस्थाको प्रतिकूल हुनेगरी गराइएको शपथ ग्रहणको कार्य नमिलेको बताएका छन् । पदभार ग्रहणपछि कुराकानी गर्दै महान्यायाधिवक्ता खातीले संविधानले गरेको व्यवस्था प्रतिकूल हुने काम राष्ट्रपतिले गर्नुभएको बताएका हुन् । ‘शपथग्रहणको सम्बन्धमा संविधानले गरेको व्यवस्था भनेको प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले नियुक्ति गर्ने हो’ उनले भने ।
‘नेपाल सरकारको कानूनी सल्लाहकारको रुपमा राष्ट्रपतिज्यू समक्ष सम्माननीय प्रधानन्यायाधीशले शपथग्रहण गराउनुपर्छ तर राष्ट्रपति कार्यालयले त्यसो गरेन’ उनले भने । जसले शपथ गराउँछ त्यसले म्यानेज गराउँछ भन्ने दृष्टिकोणले शपथ गराइएको महान्यायाधिवक्ता खातीले बताए ।
यस्तै महान्याधिवक्ता खातीले आफूमाथि ठूला चुनौतीसँगै अवसर पनि रहेकाले जतिसक्दो छिटो सेवाग्राहीको समस्या बुझेर सेवा प्रदान गर्ने प्रतिबद्धता जनाए । महान्यायाधिवक्ताले प्रधानमन्त्रीलाई मात्र नभएर नेपाल सरकारकै तर्फबाट कानूनी सल्लाह दिनसक्ने बताउँदै कस्तो किसिमको कानून बनाउँदा राज्यलाई सहज हुन्छ र सरल रुपमा जनताले त्यसलाई उपयोग गर्न पाउँछन् भन्ने विषयमा काम गर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण