गण्डकीमा थप ३८१ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा थप ३ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार १२३ जनाको नमुना परीक्षण गरिएकामा ३८१ जनामा संक्रमण देखिएको हो । प्रदेशका ११ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा कास्कीमा र सबैभन्दा थोरै गोरखामा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जनाकारी दिए ।
उनकाअनुसार कास्की १४६, बागलुङ ४९, स्याङ्जा ३५, मनाङ ११, मुस्ताङ २, म्यादी ५, पर्वत ७३, गोरखा १, लमजुङ ८, तनहुँमा २० र नवलपुरमा ४१ ज्नामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६० हजार ९०० पुगेको छ ।
प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ३ जनाको मृत्यु भएको हो । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–९का ८५ वर्षीय पुरुष, स्याङजा भीरकोट –४ की ८४ वर्षीय महिला र नवलपरासी पूर्व देवचुली –२ का ८२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १७ जना पुगेको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा ३६२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेहरुको संख्या ५७ हजार ६२ पुगेको छ ।
त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या २ हजार ८२१ जना पुगेको निर्देशनालयले जनाकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोरङमा ‘लाइदिऊँ कि माया टुनामुना पो’ र ‘माया बस्यो है’को छायाङ्कन
-
स्थानीय खानेकुरालाई प्रवर्द्धन गर्न जरुरी छ : मेयर शाह
-
नेपालीमा नकारात्मक सोच बढ्यो, स्वजागरणले सकारात्मक बनाउँछ : सभामुख
-
आरतीलाई बैठकस्थलबाट निकालेको छैन : नेकपा एकीकृत समाजवादी
-
द्वारिकादेवी ठकुरानी : प्रथम महिला उपमन्त्री जसलाई बीपीले घरमै पठाइदिएका थिए टिकट
-
कांग्रेसको स्पष्टीकरण पत्रपछि मन्त्री रायको असन्तुष्टि – राजनीतिक पूर्वाग्रह राखियो