संसदीय दलको बैठकमा ओलीको ब्रिफिङ : यिनीहरु जस्केलाबाट आएका हुन्, एमाले फुटाउन सक्छन्
नेकपा एमालेका अध्यक्ष केपी शर्माओलीले अध्यादेश ल्याएर एमाले पार्टी फुटाउने षड्यन्त्र हुनसक्ने भन्दै त्यसतर्फ सजग रहन पार्टी पङ्क्तिलाई निर्देशन दिएका छन् । शुक्रबार बानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा बसेको एमाले संसदीय दलको बैठकलाई ब्रिफिङ गर्दै संसदीय दलका नेता समेत रहेका ओलीले देउवा नेतृत्वको सरकारले जे पनि गर्न सक्ने भएकाले सजग र सर्तक रहन निर्देशन दिएका हुन् ।
‘यिनीहरु जस्केलाबाट आएका हुन्, जस्केलाबाटै गतिविधि गर्छन् र जस्केलाबाटै अरु गतिविधि गर्छन्’ ओलीले सरकारप्रति लक्षित गर्दै भने, ‘यिनीहरु जस्केलाबाट आएका हुन्, जस्केलाबाटै गतिविधि गर्छन र जस्केलाबाटै अध्यादेश ल्याएर एमाले फुटाउने षड्यन्त्र गर्नसक्छन्’ ओलीले सरकारप्रति लक्षित गर्दै भने, ‘यिनीहरु जे पनि गर्न पछि नपर्ने भएकाले संसद पनि धेरै दिन नचलाउन सक्छन् ।’ ओलीले आगामी निर्वाचनमा आफुहरु मुल ढोकाबाटै सानदारका साथ आउने भन्दै ढुक्क हुन आश्वासन समेत दिएका थिए ।
बैठकमा समसामयिक राजनीतिक विषयमा ब्रिफिङ गरेका ओलीले अब आफ्नो पार्टीले रचनात्मक प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएका थिए । त्यसक्रममा उनले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपालप्रति लक्षित गर्दै पार्टी विरोधी गतिविधि गर्नेहरु अपराधी भएको टिप्पणी गरेका थिए । ओलीले त्यस्ता गतिविधिमा संलग्नलाई पार्टीमा स्थान नहुने पनि दोहोर्याएका थिए ।
यसअघि बालुवाटार छोडेर बालकोट निवास सरेका दिन पनि ओलीले माधव नेपाललाई एमालेमा स्थान नहुने बताएका थिए । अदालतको फैसलाप्रति आक्रोश व्यक्त गरेका ओलीले देउवा सरकारले मन्त्रिमण्डल नै विस्तार गर्न नसकेकाले खुट्टि देख्न थालिएको बताएका थिए । ‘माइतीघर फिल्मको म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु....भन्ने गीतजस्तै कसैलाई मन्त्री बनाइदिन्छु भन्न थालेका छन, तर पार लाग्दैन’ ओलीको ब्यङ्ग्य थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बैंगलुरुको कम्ब्याक : लगातार ६ खेल जित्दै प्लेअफमा, साबिक विजेता चेन्नई बाहिरियो
-
एमाले बाँकेको जिल्ला अधिवेशन : अध्यक्षमा तीन जनाको उम्मेदवारी
-
दाङमा पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
नासाको ‘सुपरसोनिक एक्स–५९’ विमान पहिलो परीक्षण उडानको लागि तयार
-
पाकिस्तानमा सडक दुर्घटना, ३५ जनाको मृत्यु
-
डडेल्धुरामा परशुराम साहित्य महोत्सव आयोजना हुने