बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

झापामा ट्याक्टर र अटो ठोक्किँदा २ जनाको मृत्यु

शुक्रबार, ०१ साउन २०७८, १८ : १६
शुक्रबार, ०१ साउन २०७८

झापाको भद्रपुर नगरपालिका २ स्थित भद्रपुर–बनियानी सडक खण्डमा ट्याक्टर र अटो आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि भद्रपुर १ केन्द्रमोडकी ३५ वर्षीया नानी भनिने छबिमाया लिम्बु र ४० बर्षीय डम्बरबहादुर लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ । 

भद्रपुरबाट बनियानीतर्फ जाँदै गरेको मे १ त २८२१ नम्बरको ट्याक्टरमा विपरित दिशाबाट आउँदै गरेको मे १ ह ६४१९ नम्बरको अटो साढे दुई बजे ठोक्किँदा अटोमा सवार छबिमायाको घटनास्थल मै र डम्बरबहादुरको उपचारको क्रममा ४ः१० मा ओमसाई पाथिभरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।   

दुर्घटनामा परि गम्भीर घाइते सोही स्थानका ४२ वर्षीय वीरबहादुर लिम्बू र ३२ वर्षका नरबहादुर लिम्बुको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रवक्ता थापाले बताए । थापाका अनुसार वीरबहादुर अटो चालक रहेको र उनको टाउको तथा खुट्टामा गम्भीर चोट लागेको छ भने अर्का घाइते नरबहादुर अटोमा सवार यात्रु रहेको र उनको अवस्था मध्यम रहेको छ । 

ट्याक्टर र चालक कचनकवल गाउँपालिका ३ का ३३ वर्षीय सागरसिंह राजवंशीलाई सिमा प्रहरी चौकी पृथ्वीनगरले नियन्त्रणमा लिएको प्रहरीको भनाई छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप