बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पोखरामा भीरबाट लडेर युवकको मृत्यु

शुक्रबार, ०१ साउन २०७८, १८ : ०७
शुक्रबार, ०१ साउन २०७८

पोखरामा भीरबाट लडेर एक व्यक्तिको मृत्यु भएको छ । पोखरा महानगरपलिका–१८ मेथलाङस्थित भीरबाट लडेर २७ वर्षीय संजोग थापाको मृत्युको हो । साथीहरूसँग मिलेर मादक पदार्थ सेवन गरेका थापाको मेथलाङस्थित भीरबाट लडेर मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जनाएको छ ।

थापा भीरबाट अन्दाजी ५० मिटर तल खसेर घाइते भएका थापालाई उपचारको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पठाइएकोमा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । प्रहरीले घटनाका वारेमा सोधपुछ र अनुसन्धानका लागि थापाका साथीहरुलाई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको प्रहरी वरिष्ठ उपरिक्षक नरबहादुर केसीले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप