नवनियुक्त महान्यायाधिवक्ताको शपथ सर्वोच्च अदालतमा !
नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथग्रहण सर्वोच्च अदालतमा गरिएको छ । राष्ट्रपति कार्यालयले अस्वीकार गरेपछि नवनियुक्त महान्यायाधिवक्ता खातीको शपथ सर्वोच्च अदालतमा भएको हो । यसअघिका सबै महान्यायाधिवक्ताहरूले राष्ट्रपति निवास शीतल निवासमै सपथ लिने चलन थियो । यो पटक भने राष्ट्रपति कार्यालयले सपथ ग्रहणका लागि ठाउँ परिवर्तन गरेको जनाइएको छ ।
गत वैशाख ६ गते राष्ट्रपति कार्यालयले संवैधानिक व्यवस्था भएका पदाधिकारीहरूको शपथ गराउने स्थान परिवर्तन गर्ने निर्णय भएको जानकारी प्रधानन्यायाधीशबाट आएपछि महान्यायाधीवक्ता खातीको सपथ सर्वोच्चमा गरिएको जनाइएको छ ।
नेपालको संविधानको धारा १५७ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने व्यवस्था छ । तर शपथ भने राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले गराउने चलन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण