नवनियुक्त महान्यायाधिवक्ताको शपथ सर्वोच्च अदालतमा !

नवनियुक्त महान्यायाधिवक्ता खम्मबहादुर खातीको शपथग्रहण सर्वोच्च अदालतमा गरिएको छ । राष्ट्रपति कार्यालयले अस्वीकार गरेपछि नवनियुक्त महान्यायाधिवक्ता खातीको शपथ सर्वोच्च अदालतमा भएको हो । यसअघिका सबै महान्यायाधिवक्ताहरूले राष्ट्रपति निवास शीतल निवासमै सपथ लिने चलन थियो । यो पटक भने राष्ट्रपति कार्यालयले सपथ ग्रहणका लागि ठाउँ परिवर्तन गरेको जनाइएको छ ।
गत वैशाख ६ गते राष्ट्रपति कार्यालयले संवैधानिक व्यवस्था भएका पदाधिकारीहरूको शपथ गराउने स्थान परिवर्तन गर्ने निर्णय भएको जानकारी प्रधानन्यायाधीशबाट आएपछि महान्यायाधीवक्ता खातीको सपथ सर्वोच्चमा गरिएको जनाइएको छ ।
नेपालको संविधानको धारा १५७ मा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले महान्यायाधिवक्ता नियुक्त गर्ने व्यवस्था छ । तर शपथ भने राष्ट्रपतिको उपस्थितिमा प्रधानन्यायाधीशले गराउने चलन रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हिउँ पर्न छोडेर पानी बर्स्यो, मुस्ताङीले छाना फेरे’
-
विभिन्न स्थानमा ४ जना मृत फेला
-
धुर्मुस सुन्तलीको दु:ख कष्ट हट्छ, क्रिकेट मैदान पनि बन्छ : प्रधानमन्त्री
-
सिद्धान्त र प्राथमिकताबारे माओवादी : ‘हिँड्न खोजेको बनेपातिर, पाइला थानकोटतिर’
-
शेयर बजारमा दोहोरो अङ्कको गिरावट, ९ अर्ब ६३ करोड कारोबार
-
महिला टी–२० विश्वकप छनोट : नेपालले हङ्कङलाई दियो ३० रनको लक्ष्य