बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

समृद्धि फाइनान्सले ५ लाखसम्म कोभिड रिलिफ लोन दिने

शुक्रबार, ०१ साउन २०७८, १६ : ४५
शुक्रबार, ०१ साउन २०७८

समृद्धि फाइनान्सले श्रावण १ गते देखि नेपालको जुनसुकै ठाउँबाट पनि अनलाइनबाटै खाता खोल्न सकिने सुविधा ल्याएको छ । ग्राहकले अनलाइन एकाउन्ट सुविधाको प्रयोग गर्दै जुनसुकै ठाउँबाट समृद्धि फाइनान्समा खाता खोल्न सक्ने र सोही प्ल्याटफर्मको माध्यमबाट नयाँ तथा पुराना ग्राहकहरुले हस्पिटल तथा अन्य क्षेत्रको बिल भुक्तानी गर्न सकिने जनाएको छ । 

सोही अवसरमा फाइनान्सले “गाह्रो साह्रोमा सहयोग गर्न छँदैछ नि समृद्धि फाइनान्स” भन्ने मुल नाराका साथ ५० हजारदेखि ५ लाखसम्मको कोभिड रिलिफ लोन समेत उपलब्ध गराउने सुविधा ग्राहक माझ ल्याएको जनाएको छ ।  नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजतपत्र प्राप्त राष्ट्रियस्तरको समृद्धि फाइनान्स कम्पनी लिमिटेडले हाल पाँचवटा शाखामार्फत कारोबार गर्दै आएको छ । संस्थाले आगामी दिनमा थप नयाँ शाखाहरु सञ्चालनमा ल्याउने योजना रहेको जनाएको छ । संस्थाले आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, क्लियरिङ्ग लगायतका बैंकिङ्ग र मोवाइल बैंकिङ्ग, डेबिट कार्ड, क्यू.आर कोड जस्ता डिजिटल सुविधाहरु समेत प्रदान गरिरहेको छ ।

निक्षेपमा आकर्षक ब्याजदर कायम गरेको सो संस्थाले हायर पर्चेज कर्जा, घर कर्जा, विपन्न वर्ग कर्जा, व्यवसाय कर्जा, व्यक्तिगत कर्जा लगायतका कर्जा सुविधा समेत प्रवाह गरिरहेको फाइनान्सले जनाएको छ । साथै निकट भविष्यमा इन्टरनेट बैंकिङ्ग तथा इकेवाइसि लगायतको प्रविधिमा आधारित सेवाहरु समेत सञ्चालनमा ल्याउने तयारी फाइनान्सको रहेको जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप