आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

देउवासँग चिनियाँ राजदूतको भेट, थप १६ लाख डोज खोप उपलब्ध गराउने प्रतिबद्धता

शुक्रबार, ०१ साउन २०७८, २० : ००
शुक्रबार, ०१ साउन २०७८

 प्रधानमन्त्री शेरबहादुर देउवासँग नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले शिष्टाचार भेट गरेकी छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार भएको भेटमा राजदूत यान्छीले नेपाललाई कोभिड–१९ विरुद्धको सहयोग जारी राख्ने प्रतिवद्धता जनाइन् ।

उनले चीन सरकारका तर्फबाट नेपाललाई थप १६ लाख डोज कोभिडविरुद्धको खोप उपलब्ध गराउने पनि जनाइन् ।

सो अवसरमा प्रधानमन्त्री देउवाले चीन सरकारद्वारा नेपाललाई कोरोनाविरुद्धको खोप लगायत आवश्यक सहयोग उपलब्ध गराएकोमा धन्यवाद दिँदै आगामी दिनमा पनि यस्ता सहयोगले निरन्तरता पाउने विश्वास व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप