बानेश्वरमा एमाले संसदीय दलको बैठक , माधव पक्ष गएन
नेकपा एमाले संसदीय दलको बैठक बसिरहेको छ । नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा दलको बैठक बसेको हो । बैठकमा एमाले संसदीय दलका नेता तथा अध्यक्ष केपी शर्माओली लगायत नेताहरु ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, सुवास नेम्वाङ, विष्णु पौडेल लगायतका नेताहरु सहभागी छन् ।
यसअघि आजै बिहान बसेको एमाले स्थायी समिति बैठकले कार्यदलको १० बुँदे एकता प्रस्ताव अनुमोदन गर्दै शेरबहादुर देउवा नेतृत्वको सरकारलाई विश्वासको मत नदिन आफ्ना सांसदहरुलाई आव्हान गर्ने निर्णय गरेको थियो । दलको बैठकले स्थायी समिति बैठकले गरेका सोही निर्णयलाई अनुमोदन गर्ने नेताहरुको भनाई छ ।
बैठकमा वरिष्ठ नेता माधव नेपाल पक्ष सहभागी छैन । आज मध्यान्ह च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बसेको एमाले स्थायी कमिटी बैठकमा पनि नेपाल पक्ष सहभागी भएको थियो ।
स्थायी कमिटी र संसदीय दलको बैठक नेपाल पक्षका उपाध्यक्ष भीम रावल, नेता सुरेन्द्र पाण्डे, महासचिव घनश्याम भुसाल, सचिव भीम आचार्य र गोकर्ण विष्ट स्थायी कमिटी बैठकमा गएका थिए । तर उनीहरुको बैठक रोक्ने प्रस्ताव अध्यक्ष ओलीले अस्वीकार गरे ।
ओलीले बैठक रोक्न नमानेपछि उनीहरु नेता माधव नेपालको निवास लागेका थिए । नेपालसँग उनीहरुले आगामी रणनीतिबारे छलफल गरेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डलर उकालो, युरो ओरालो : पाउण्ड, रियाल, दिनार, क्रोनर र कोरियन वनको मूल्य बढ्यो
-
आजको दिन के मा लगानी गर्नु उपयुक्त ? हेरौँ राशिफल
-
लाजियोको पोष्टमा इन्टर मिलानको गोल वर्षा
-
प्रिमियर लिग : बर्नमथ र वेष्टह्यामले अंक बाँडे
-
बन्दीपुर भ्रमण वर्ष सफल पार्न गाउँपालिकाको जोडतोड
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली