मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री देउवा प्रवेश गरेकै दिन सरकारी निवास बन्यो काँग्रेस पार्टी कार्यालय (फोटोहरु)

शुक्रबार, ०१ साउन २०७८, १५ : ४८
शुक्रबार, ०१ साउन २०७८

पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारस्थित सरकारी निवासलाई अर्को पार्टी कार्यालय बनाएको आरोप लाग्दै आएको थियो । बालुवाटारमा पार्टी बैठक, गुटको भेलादेखि ओलीबन्धुको भेलाजस्ता कार्यक्रमहरु आयोजना भए । ओलीले सरकारका सबै काम सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट नभएर सरकारी निवासबाटै चलाउँथे । उनी सिंहदरबारमा एक वर्षमा ३६५ दिनमध्ये ३६४ दिन गयल रहे । उनको कार्यकालको अधिकांश समय नेता तथा कार्यकर्ताका लागि पार्टी कार्यालय बिरानो नै बनेको थियो ।

 

 

ओलीका यस्तै हर्कतले देशमा सुशासन कायम गर्न नसकेको भनेर आलोचना गर्दै विपक्षी गठबन्धनले पटक–पटक विज्ञप्ति नै निकालेको थियो । तर, अहिले त्यही गठबन्धनको नेतृत्व गर्दै प्रधानमन्त्री बनेका काँग्रेस सभापति शेरबहादुर देउवा पनि ओलीकै ‘दिशा’ मा हिँड्न थालेका छन् ।

 

९ः४७ बजेको शुभसाइत पारेर शुक्रबार बिहान बालुवाटारको सरकारी निवासमा सरेका देउवालाई पहिलो दिन नै आफ्नो सरकारी निवासलाई पार्टी कार्यालयमा परिणत गरेका छन् । आज बालुवाटारमा नै प्रधानमन्त्री देउवाले पार्टीको पदाधिकारी बैठकको आयोजना गरेका छन् । अपरान्ह तीन बजेदेखि बालुवाटारमा पदाधिकारी बैठक बसेको हो ।

 

बैठकमा पार्टीको १४ औं महाधिवेशन र पार्टीबाट सरकारमा पठाउने मन्त्रीका सन्दर्भमा छलफल भइरहेको काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप