शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

कोरोना खोप केन्द्र बढाउन प्रधानमन्त्री देउवाको निर्देशन

शुक्रबार, ०१ साउन २०७८, १५ : ४६
शुक्रबार, ०१ साउन २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोना खोप केन्द्र बढाउन निर्देशन दिएका छन् । प्रधानमन्त्री देउवाले शुक्रबार मुख्यसचिव र स्वास्थ्य सचिवलाई बालुवाटार बोलाएर खोप केन्द्र बढाउन निर्देशन दिएका हुन् ।

देउवाले ट्वीट गर्दै भनेका छन्, ‘खोप केन्द्रमा लामो लाईन देखिएकाले आवस्यकता अनुसार खोप केन्द्रहरु बढाएर स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै खोप लगाउने प्रवन्ध मिलाउन मुख्यसचिव र स्वास्थ्य सचिवलाई निर्देशन गरेको छु।

सर्वोच्चको परामादेश अनुसार मंगलबार प्रधानमन्त्री बनेका देउवाले कोरोना विरुद्धको खोपमा विशेष प्राथमिकता देखिएको देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप