दुई दिन अघिमात्र आफूलाई ‘भाग्यमानी’ ठानेका भारतीय पत्रकार अफगानिस्तानमा मारिए
रोयटर्स समाचार एजेन्सीका लागि काम गर्दै आएका भारतीय फोटो पत्रकार दानिश सिद्दीकी अफगानिस्तानमा सरकारी सुरक्षा बल र तालिबान लडाकुबीचको संघर्षका क्रममा मारिएका छन् ।
रोयटर्स समाचार एजेन्सीले उनको मृत्यु भएको पुष्टि गरेको छ । एक अफगान कमाण्डरलाई उद्धृत गर्दै रोयटर्सले जनाएअनुसार अफगानिस्तानको विशेष सुरक्षा बलको एउटा टुकडीले स्पिन बोल्डक सहरलाई पुनः नियन्त्रणमा लिन प्रयास गरिरहेको समयमा तालिबान लडाकुसँग मुठभेड भएको थियो । सोही क्रममा फोटो पत्रकार दानिशका साथै एक अफगान अधिकारी पनि मारिएको जनाइएको छ ।
फोटो पत्रकार दानिश दुई दिनअघि यस्तै हमलामा जोगिएका थिए । सो घटनापछि उनले ट्वीट गर्दै आफू ‘भाग्यमानी’ रहेको बताएका थिए ।
The Humvee in which I was travelling with other special forces was also targeted by at least 3 RPG rounds and other weapons. I was lucky to be safe and capture the visual of one of the rockets hitting the armour plate overhead. pic.twitter.com/wipJmmtupp
— Danish Siddiqui (@dansiddiqui) July 13, 2021
ट्वीट गर्दै उनले भनेका थिए, ‘जुन बख्तरबन्द गाडीमा म अन्य विशेष बलका साथ यात्रा गरिरहेको थिएँ, त्यसमा कम्तीमा ३ आरपीजी राउन्ड र अन्य हतियारले निशाना बनाइयो । म भाग्यमानी थिएँ कि म सुरक्षित रहेँ र मैले कवच प्लेटमाथि ठोक्किन आएको रकेटको एउटा दृश्य पनि क्याप्चर गरेँ ।’
Reuters journalist @dansiddiqui was killed while covering a clash between Afghan security forces and Taliban fighters near a border crossing with Pakistan, an Afghan commander said https://t.co/Uq33s4rI5Z pic.twitter.com/DL0XG3CAok
— Reuters (@Reuters) July 16, 2021
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रियल म्याड्रिडले चुम्यो फिफा इन्टरकन्टिनेन्टल कपको उपाधि
-
क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप ल्याइयो
-
जाजरकोटमा भूकम्पबाट क्षतिग्रस्त ४२ वटा स्वास्थ्य संस्था र विद्यालय पुनर्निर्माण गर्दै प्रदेश सरकार
-
सुपर–४ चरणमा आज श्रीलङ्कासँग भिड्दै नेपाल
-
आज पाँच संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
मनाङको नेस्याङ केन्द्र बनाएर भूकम्पको धक्का