मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

काँग्रेस पदाधिकारी बैठक बालुवाटारमा

शुक्रबार, ०१ साउन २०७८, ११ : ००
शुक्रबार, ०१ साउन २०७८

नेपाली काँग्रेस पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा शुक्रबार अपरान्ह ३ बजे बैठक सुरु भएको हो ।

बैठकमा पार्टीका पदाधिकारी तथा पूर्व पदाधिकारी अतिरिक्त अन्य नेताहरु पनि सहभागी छन् । मंगलबार सभापति शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि बालुवाटारमा काँग्रेस बैठक बसेको छ ।

आज बिहान मात्र बालुवाटार प्रवेश गरेका प्रधानमन्त्री देउवाले पदाधिकारी बैठक बालुवाटारमै राखेका हुन् ।

बैठकमा पार्टीको १४ औं महाधिवेशन र पार्टीबाट सरकारमा पठाउने मन्त्रीका सन्दर्भमा छलफल भइरहेको काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।

 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप