शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

युरोपमा बाढीको वितण्डा, जर्मनीमा कम्तिमा ८० को मृत्यु

शुक्रबार, ०१ साउन २०७८, १५ : १९
शुक्रबार, ०१ साउन २०७८

जर्मनीमा दशकौंयताको भीषण बाढीमा परेर कम्तिमा ८० जनाको मृत्यु भएको छ । हजारौं बेपत्ता छन् । 
 युरोपमा अति वर्षा भएपछि नदीहरूको सतह बढ्दा आसपासका क्षेत्रमा बाढीले वितण्डा मच्चाएको हो । बेल्जियममा पनि कम्तिमा १२ जनाको मृत्यु भएको बताइएको छ । राजनीतिक नेतृत्वले जलवायु परिवर्तन यस अवस्थाको कारक रहेको दाबी गरेको छ । 

जर्मन चान्सेलर एन्जेला मर्केलले पीडितहरुलाई पूर्ण सहयोग गर्न आग्रह गरेकी छिन् । जर्मनीमा राईनेल्यान्ड–प्यालेस्टाइन र उत्तरी राईने– वेस्टफालियामा सबैभन्दा ठूलो क्षति पुगेको छ । उत्तरी राईन फेस्टफालियाका प्रिमियर अर्मिन लास्टेचले क्षतिग्रस्त ठाउँको भ्रमण गर्दै ग्लोबल वार्मिङका कारण अति वर्षा भएको आरोप लगाएका छन्, उनले जलवायु संरक्षणका मापदण्डहरु अबलम्बन गर्नै पर्ने बताएका छन् । 

मानिसद्धारा सिर्जित जलवायु परिवर्तनले यसैगरी अति वर्षा गराउनसक्ने भन्दै वैज्ञानिकहरुले यसअघि नै चेतावनी दिदैं आएका थिए । 

वर्षाले नेदरल्यान्डस् पनि प्रभावित भएको छ । लक्जम्वर्ग र स्विचरल्यान्डमा पनि बाढीको असर देखिएको छ । जर्मनीको अर्विलर जिल्लामा कम्तिमा १३ सयजना गायब भएको यहाँको स्थानीय सरकारका प्रवक्ताले जनाएका छन् । बाढीका कारण मोबाइल नेटवर्कले काम नगरेको र स्थानीयसँग सम्पर्क गर्न नसकिएको उनले बताएका छन् । झन्डै ७ सय जनसंख्या बसोबास रहेको सेहुल्ड गाउँ पुरै ध्वस्त भएको थियो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप