शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

संसद् बैठकको तयारी सुरु : सांसद्हरुको कोरोना परीक्षण, तस्बिरमा हेर्नुहाेस्

शुक्रबार, ०१ साउन २०७८, १३ : २९
शुक्रबार, ०१ साउन २०७८

सर्वोच्च अदालतको परमादेशसँगै सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को बैठक आह्वान गरेपछि त्यसको तयारी सुरु गरिएको छ । राष्ट्रपतिले साउन ३ गते अपरान्ह ४ बजे बस्ने गरी संसद् बैठक आह्वान गरेकी छन् ।

शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले संसद् बैठकको तयारी, यसका लागि अपनाइएको स्वास्थ्य मापदण्डका सम्बन्धमा बानेश्वरस्थित संसद भवनका सभाकक्ष लगायतको स्थलगत अवलोकन गरेका छन् । संसद बैठक तयारीका सन्दर्भमा आज सुरु भएको एन्टिजेन परीक्षण अन्तरगत स्काई लाइट हलमा सम्माननीय सभामुख लगायत सांसदहरुको एन्टिजेन परीक्षण गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप