ओलीले बैठक रोक्न अस्वीकार गरेपछि आक्रोशित हुँदै फर्किए माधव पक्षीय कार्यदलका सदस्यहरू
काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी समिति बैठक रोक्न अस्वीकार गरेका छन् । ओलीले बोलाएको स्थायी समिति बैठक केही दिन रोक्न र पार्टी एकतामा जोड दिन माग गर्दै उपाध्यक्ष भीम रावल, सुरेन्द्र पाण्डे, भीम आचार्य, घनश्याम भुषाल लगायतका नेताहरू ललितपुरस्थित तुलसीलाल अमात्य प्रतिष्ठान पुगेका थिए । बैठकस्थल पुगेर रावल लगायतका नेताहरूले पार्टी एकता जोगाउन र कार्यदलको प्रस्ताव कार्यान्वयन गर्न अध्यक्ष ओलीलाई आग्रह गरेका थिए । तर ओलीले बैठक नरोक्ने अडान दोहोर्याउँदै बैठक जारी राखेका थिए । त्यसपछि रावल लगायतका नेताहरू बैठकस्थलबाट बाहिरिएका थिए ।

बैठकस्थलबाट बाहिरिने क्रममा उपाध्यक्ष भीम रावलले एमाले एकता प्रक्रिया थप जटिल बन्दै गएको प्रतिक्रिया दिए । उनले कार्यदलको सहमतिअनुसार शीर्ष तहमा वार्ता गरेर स्थायी कमिटी र आवश्यक परे अन्य कमिटीको बैठक बोलाउनुपर्ने कार्यदलको सुझावविपरीत बैठक राखेर पार्टी एकतालाई जटिल मोडमा पुर्याएको बताए ।

‘अध्यक्षले बैठक आव्हान गरेपछि हामी बैठक कक्षभित्र प्रवेश गरेर हामीले हाम्रो कुरा राख्यौ’, रावलले भने, तर उहाँले बैठक पुस्तिकामा हस्ताक्षर गरेर मात्रै कुरा राख्न निर्देशन दिएको बताए । ‘कार्यदलले जे सहमति गरेको छ, तदनुरूप बैठक बस्नुपर्छ । एमाले एकता खण्डित गर्नुहुँदैन, राष्ट्र अप्ठेरोमा छ यस्तो अवस्थामा एकता अघि बढाउन गम्भीर रूपमा सोच्नुस्, स्वयं पार्टी अध्यक्षले आफ्नो निवासमा सर्ने क्रममा दिएको अभिव्यक्तिले थप जटिलता थपेको छ हाम्रो यस्तो आग्रहमा ओलीले बैठक जारी राख्ने निर्देशन दिनुभयो’, रावलले जानकारी दिए ।
ओलीको अभिव्यक्ति र व्यवहारले एमाले पार्टी एकता जटिल बन्दै गएको रावलले बताए ।



खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
