बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

पूर्वेली भाकामा ‘लालज्योती’ लिएर आए गंगाप्रसाद

शुक्रबार, ०१ साउन २०७८, १२ : ५३
शुक्रबार, ०१ साउन २०७८

पूर्वेली लोक भाकामा गायक गंगाप्रसाद घिमिरेले नयाँ गीत ‘लाल ज्योती’ सार्वजनिक गरेका छन् । गायक घिमिरेलाई गीत गायनमा भानु ओली, रानु निरौला र नविना ओलीले स्वरमा साथ दिएका छन् । भानु ओलीको संगीत र शब्द रहेको गीतको भिडियो सुवोध रसाइली र अञ्जली माझीको अभिनय देख्न सकिन्छ ।  सुवोध र अञ्जलीले दम्पतीको रुपमा भिडियोमा अभिनय गरेका छन् ।

अरुण उपत्यकाको लय भाकालाई संकलन गरेर तयार गीतको भिडियो रोहित लाम्गाडेले निर्देशन गरेका हुन् । भिडियोमा निम्न वर्गीय जीवन शैली समेत प्रस्तुत गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप