शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

खातीलाई महान्यायाधिवक्ता बनाएपछि काँग्रेसका वकिल रुष्ट !

शुक्रबार, ०१ साउन २०७८, १२ : ३१
शुक्रबार, ०१ साउन २०७८

प्रधानमन्त्री शेरबहादुर देउवाले खम्मबहादुर खातीलाई महान्यायाधिवक्तामा नियुक्त गरेपछि काँग्रेस निकट कानुन व्यवसायीहरु रुष्ट बनेका छन् । खातीलाई प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार महान्यायाधिवक्तामा नियुक्त गरेकी थिइन् ।

वरिष्ठ वकिलहरू हुँदाहुँदै काँग्रेस सभापति समेत रहेका देउवाले जुनियर र सामान्य भन्दा सामान्य मुद्दाबाहेक अन्यमा बहस नै नगरेका खातीलाई सरकारको महान्यायाधिवक्ता जस्तो पदमा नियुक्ति गर्दा सरकारी मुद्दाहरु कमजोर बन्न सक्ने उनीहरुको चिन्ता छ ।

वरिष्ठ अधिवक्ताहरु हरिहर दाहाल, पूर्णमान शाक्य जस्ता काविल र अनुभवी अधिवक्ताहरूलाई छोडेर देउवाले खातीलाई रोजेका थिए । ‘काँग्रेसमा एकसय एक वरिष्ट अधिवक्ता हुनुहुन्छ । तर उहाँहरु नभएजस्तो गरेर जुनियर खातीलाई नियुक्ती गरियो । यसले चर्को असन्तुष्टि पैदा भएको छ’, काँग्रेस निकट कानुन व्यवसायीहरुको संस्था डेमोक्रेटीक लयर्स एशोसियसन (डीएलए)का एक पदाधिकारीको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप