शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

३४ लागिन् ऋचा शर्मा, यस्तो छ फिल्मी करियर

शुक्रबार, ०१ साउन २०७८, १० : ५२
शुक्रबार, ०१ साउन २०७८

अभिनेत्री ऋचा शर्माको आज जन्मदिन परेको छ । नेपाली फिल्म क्षेत्रकी प्रतिभाशाली अभिनेत्री शर्मा आजबाट ३३ पूरा गरेर ३४ बर्षमा लागेकी छन् । उनले आज परेको आफ्नो जन्मदिन घरपरिवारसँग घरमै मनाउँदै छिन् ।

अहिलेको समय जमघट गरेर जन्मदिन मनाउन उपयुक्त नभएकोले घरपरिवारसँगै सामान्य तवरबाट सेलिब्रेसन गर्ने योजना रहेको रीचाले बताइन् । ‘आज साउने संक्रान्ति पनि हो । आजकै दिन मेरो जन्मदिन समेत परेको छ’ रीचाले भनिन् ‘माइत गएर हजुरआमाको हातबाट टिका थाप्दै आर्शिवाद लिन्छु । त्यसपछि घरपरिवारसँग जन्मदिन मनाउँछु ।’ नेपाली चलचित्रकी प्रतिभावान अभिनेत्री शर्मा २०४४ साल साउन १ गते धनगढीमा जन्मिएकी हुन् । उनको बाल्यकाल कैलालीमा बितेको थियो ।

फिल्मी करियर 
नेपाली फिल्ममा भर्सटायल अभिनेत्रीको छवि बनाउन सफल शर्मा सन् २००७ देखि ग्ल्यामर दुनियाँमा प्रेवश गरेकी हुन् । पछिल्लो समय फिल्म क्षेत्रमा उनको नायिका, निर्माताको परिचय बनेको छ । २००७ मै ‘मिस नेपाल’ प्रतियोगिताको उत्कृष्ट दशभित्र पर्न सफल उनी अभिनेत्रीको रुपमा फिल्म ‘फस्ट लभ’बाट डेब्यु गरेकी थिइन् ।

फिल्म क्षेत्रमा एक दशक बढी यात्रा पार गरिसकेकी उनले ‘मेरो लभ स्टोरी’, ‘हाइवे’, ‘लुट’, ‘सुनकेशरी’, ‘भिसा गर्ल’, ‘बाटो मुनिको फूल २’, ‘टलकजंग भर्सेस टुल्के’, ‘घर’ लगायतका थुप्रै फिल्म अभिनय गरेकी छन् ।

केही बर्ष अगाडि दिपेक्ष राणासँग विवाह गरेर घरजम बसाएकी उनी अहिले गर्भवती छिन् । उनले अभिनय गरेको फिल्मले बक्स अफिसमा कमालको ब्यवसाय गर्न नसकेपछि अभिनयका हिसावले भने उनी सफल ठहरिएकी छन् । फिल्ममा निर्वाह गर्ने भुमिका र अभिनयको बिषयमा उनको सधै तारिफ हँुदै आएको छ ।

पछिल्लो समय रियालिटी शो ‘कमेडी च्याम्पियन’को जर्जको रुपमा समेत उनको चर्चा हुँदै आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप