लागु भयो सेयर लगानीकर्तालाई फरक फरक पुँजीगत लाभकर, कसले कति तिर्नुपर्छ ?
शुक्रबार, ०१ साउन २०७८, १० : ३२
आजदेखि चालु आर्थिक वर्ष २०७८/०७९ को बजेट स्वतः कार्यान्वयनमा गएको छ । जेठ १५ गतेनै बजेट पेश गरेपनि साउन एकबाट कार्यान्वयनमा जाने गर्छ । सरकारले चालु आर्थिक वर्षको बजेटमा सेयर बजारमा लगानीकर्ताले पुँजीगत लाभकरको व्यवस्था समान्य हेरफेर गरेको छ ।
यो कर आजैदेखि कार्यान्वयनमा गएको छ । अल्पकालीन कारोबारी र दीर्घकालीन कारोबारीलाई फरक–फरक दरमा पुँजीगत लाभकर लिने व्यवस्था छ ।
यो व्यवस्था अनुसार अब एक वर्षभन्दा कम अवधिको लगानीले ७.५० प्रतिशत र एक वर्ष भन्दा बढी अवधि लगानी गर्ने लगानीकर्ताले ५ प्रतिशत लाभकर तिर्नुपर्छ ।
यसअघि सबै व्यक्तिगत लगानीकर्तालाई ५ प्रतिशत कर लाग्दै आएको थियो । आज शुक्रबार भएकाले सेयर कारोबार बन्द हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध लागूऔषधसहित विभिन्न स्थानबाट १० जना पक्राउ
-
तनाव भगाउन चाहनु हुन्छ ? शरीरमा यसरी बढाउनुस् ह्याप्पी हर्मोन
-
सङ्घीयता मजबुत नभएकोमा सभामुखहरू एकमत, पोखराबाट ७ बुँदे घोषणा जारी
-
ओस्कारको दौडबाट बाहिरियो ‘लापता लेडिज’
-
जबरजस्ती करणी गरेको अभियोगमा युवक पक्राउ
-
त्रिविको जग्गा हिनामिना गर्ने जो भए पनि कानुनी कारबाहीको दायरामा आउँछन्: प्रधानमन्त्री