आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयघात

शुक्रबार, ०१ साउन २०७८, ०९ : ३७
शुक्रबार, ०१ साउन २०७८

पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई हृदयघात भएको छ । मेयर जिसीको स्वास्थ्यमा अचानक समस्या देखिएपछि आज बिहान ४ बजे पोखरास्थित मेडिप्लस अस्पताल लगिएको थियो । तर, उनको स्वास्थ्य समस्या जटिल भएको भन्दै अस्पतालले थप उपचारका लागि मणिपाल अस्पतालमा रिफर गरेको थियो ।

उपचारका क्रममा मेयर जिसीको बायाँ अंग नचलेको र एउटा नसामा समस्या रहेको चिकित्सकलाई उद्धृत गर्दै मेयरका प्रेस सल्लाहकार माधव बरालले जानकारी दिए । 

हृदयघातका कारण नशामा समस्या देखिए पनि उनी खतरामुक्त छन्। अहिले थप उपचारको लागि काठमाडौं लैजाने तयारी भइरहेको बरालले बताए । 

स्वास्थ्यकर्मीका अनुसार सामान्य बोलचालसमेत गर्न सक्ने भए पनि हृदयघातका कारण एक नशामा समस्या भएकाले शरीरको दायाँ भागमा असर परेकाले चिकित्सकको सल्लाह अनुसार थप उपचारका लागि  हेलिकोप्टरमार्फत काठमाडौं बाँसबारीस्थित न्यूरो अस्पतालमा लैजाने तयारी भइरहेको छ ।

जिसी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट मेयरमा निर्वाचित भएका हुन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप