प्रहरी हवल्दारसहित ३ जनाविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएका अभियोगमा महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा कार्यरत प्रहरी हवल्दार ताराकुमारी श्रेष्ठसमेत तीन जनाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । महानगरीय प्रहरी वृत्त गौशालाको हिरासतमा राखेको व्यक्तिलाई धरौटीमा छुटाइदिन्छु भनी सेवाग्राहीबाट प्रहरी हवल्दार श्रेष्ठले ६० हजार घुस लिएको पाइएको आयोगले जनाएको छ ।
आयोगका अनुसार घुस लिइ एक रेष्टुरेन्ट सञ्चालकलाई राख्न दिइएको थियो । गत फागुन २३ गते प्रहरी हवल्दार श्रेष्ठ र रेष्टुरेन्ट सञ्चालक अनिश श्रेष्ठलाई पक्राउ गरेको थियो । अनुसन्धानका क्रममा उनीहरुले घुस लिएकोसमेत स्वीकार गरेका छन् । आयोगले थुनामा रहेको व्यक्ति छुटाउन सेवाग्राहीबाट जोशीले रकम लिइ प्रहरी हवल्दार श्रेष्ठलाई दिइएको पाइएको छ ।
आयोगले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कार्यालय सहयोगी राम खड्कासमेत सो प्रकरणमा जोडिएको ठहर गरेको छ । आयोगले तीनै जनाविरुद्ध बिगो अनुसारको माग दाबी गर्दै मुद्दा दायर गरेको प्रवक्ता नारायणप्रसाद रिसालले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ? (सूचीसहित)
-
६ वर्ष बित्यो, सुरु भएन चक्रपथको दोस्रो खण्ड विस्तार
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी