सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

चितवनमा मानवाधिकार उल्लङ्घनका घटना घटे

बिहीबार, ३१ असार २०७८, २३ : ३०
बिहीबार, ३१ असार २०७८

सन् २०२१ जनवरीदेखि जुनसम्ममा जिल्लामा मानव अधिकार उल्लङ्घनका घटना घटेका छन् । सन् २०२० को सोही समयमा भएका घटनाभन्दा अहिले कम भएका हुन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक चितवनका अनुसार यस छ महिनामा महिला बलात्कारका घटना छ, बालिका बलात्कारका १३, महिला बलात्कार प्रयास दुई र बालिका बलात्कार प्रयास तीनवटा घटना भएका छन् । 

यस्तै बाल यौन दुरुपयोगका घटना १०, बालिका बेचबिखन एउटा, बहुविवाह तीन तथा बालविवाह एउटा भएका छन् । आत्महत्या दुरुपयोगको एउटा, बालिका अपहरण एउटा र हत्या एउटा भएको इन्सेकले आज यहाँ अर्धवार्षिक समीक्षा कार्यक्रममा सार्वजनिक गरेको हो ।

इन्सेक चितवनका प्रतिनिधि दीपेन्द्र अधिकारीका अनुसार सन् २०२० को यही समयमा महिला बलात्कारका घटना नौ, बालिका बलात्कारका घटना १६, महिला बलात्कार प्रयासका घटना छ बालिका बलात्कारको प्रयासका घटना चार भएका थिए । यस्तै महिला हत्या चार, पुरुष हत्या पाँच, बाल यौन दुर्व्यवहार चार, बहुविवाह चार भएका छन् । आत्महत्या दुरुत्साहन दुई, मानव बेचविखनका दुई, बम विस्फोटका एउटा, हातहतियार एउटा र राज्यविरुद्ध अपराधका घटना दुई छन् ।
अधिकारीका अनुसार जिल्लामा मानवाधिकारका घटना कम भए पनि रोक्न सकिएको छैन । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले हामीले चाहेको समाज अझै नबनेको बताए । अहिलेको समाज कता गइरहेको छ भन्ने विषयमा संवेदनशील भएर अघि बढ्नुपर्ने समय आएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप