मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

युनियन लाइफको आईपीओ बाँडफाँड, १५ लाख ३६ हजार आवेदक​को हात खाली

बिहीबार, ३१ असार २०७८, २२ : ३४
बिहीबार, ३१ असार २०७८

युनियन लाइफ इन्स्योरेन्सको प्राथमिक सेयर (आईपीओ) बाँडफाँड भएको छ । बिहीबार साँझ गोलाप्रथा प्रणालीबाट भएको कम्पनीको आईपीओ बाँडफाँडमा कुल आवेदकहरुमध्ये ५ लाख ८० हजार ५०० जनाले १०–१० कित्ताका दरले सेयर हात पारेका छन् भने १५ लाख ३५ हजार जनाको हात खाली भएको छ ।

कुल ६४ लाख ५० हजार कित्ताका लागि कम्पनीले आईपीओ जारी गरेकोमा २१ लाख ८२ हजार ७ सय ७५ जनाले आवेदन दिएका थिए । जसमध्ये २१ लाख १७ हजार आवेदक छनोटका लागि योग्य भएका थिए । बाँकी ४ हजार ८०१ जनाको दोहोरो आवेदनका कारणबाट रद्ध भएको र ६५ हजार १७५ जनाको अन्य कारणबाट आवेदन रद्ध भएको बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको छ । 

कम्पनीले गत असार २४ गते देखि २८ गते सम्म खुल्ला गरेको कूल सेयर ६४ लाख ५० हजार कित्ता सेयर मध्ये सामूहिक लगानी कोषलाई ५ प्रतिशत बराबर ३ लाख २२ हजार ५०० कित्ता तथा कर्मचारीलाई ५ प्रतिशत बराबर ३ लाख २२ हजार ५०० कित्ता छुट्याई बाँकी रहेको ५८ लाख ५ हजार कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गरेको थियो । 
बाँडफाँडको नतिजा प्रभु क्यापिटलको वेभसाइट तथा सिडिएससीको वेभसाइट एवं युनियन लाइफ इन्स्योरेन्सको वेबसाइटबाट हेर्न सकिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप