आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

गोली प्रहार गरिएका नेदरल्यान्डस्का चर्चित क्राइम रिपोर्टरको मृत्यु

बिहीबार, ३१ असार २०७८, २१ : ५१
बिहीबार, ३१ असार २०७८

नेदरल्यान्डस्का अपराध पत्रकार पिटर आर डि भिरिजको मृत्यु भएको छ । नौ दिनअघि अम्स्टरड्याममा उनलाई गोली हानिएको थियो ।  ‘पिटरले अन्त्यसम्म लडे । तर आफ्नो युद्ध जित्न असमर्थ रहे,’ उनका आफन्तले जारी गरेको विज्ञप्तिमा भनिएको छ । ६४ वर्षीय यी पत्रकारलाई टिभी स्टुडियोबाट निस्कनासाथ टाउकोमा गोली हानिएको थियो  । 

यस घटनाले नेदरल्यान्डस् स्तब्ध भएको छ । ड्रग्स माफिया र ग्याङस्टरहरुबारे गरेको खोजी रिपाेर्टिङका कारण भिरिज निकै प्रसिद्ध थिए । यस घटनामा दुईजनालाई पक्राउ गरिएको छ । 

नेदरल्यान्डस्को अन्डरवल्र्डबारे गरेको रिर्पोटिङका लागि यी पत्रकारले धेरै सम्मानहरू पाएका थिए । सन् १९८३ मा नेदरल्यान्डस्स्थित हेनिकेन वियरका प्रमुख फ्रेडि हेनिकेनको अपहरणबारे पनि उनले विशेष खुलासा गरेका थिए । 

नेदरल्यान्डस्का प्रधानमन्त्री मार्क रुट्टीले यी पत्रकार कोही र कसैसँग नतर्सने गरेको प्रतिक्रिया दिएका छन् । ‘न्यायले आफ्नो कोर्स लिनेछ भनेर सुनिश्चित गर्नका लागि हामी उनीप्रति ऋणी छौं,’ उनले ट्वीटरमा लेखेका छन् । 

६ जुनमा टेलिभिजन स्टुडियोबाट निस्किएर हिँड्दै गर्दा उनीमाथि पाँचपटक गोली प्रहार भएको थियो । उनको टाउकोमा चोट लागेको थियो । 

भिरिजलाई विगतमा पनि धेरै धम्कीहरू आएका थिए । हेनिकेनलाई अपरहण गर्ने विलेम होलेडेर सन् २०१३ मा भिरिजलाई धम्की दिएपछि जेल परेका थिए । होलेडेर नेदरल्यान्डस्का कुख्यात अपराधीमध्ये एक हुन्, २०१९ मा उनलाई पाँचवटा हत्याकाण्डमा संलग्न भएको अभियोगमा आजीवन कारावासको सजाय मिलेको थियो । 

भिरिजले हेनिकेनको अपहरणबारे लेखेको उपन्यासमा कालान्तरमा सिनेमा बनेको थियो, यस फिल्ममा एन्थोनी होप्किन्सले अभिनय गरेका छन् । यी पत्ररकारले क्यारेबियन टापू अरुबामा सन् २००५ मा बेपत्ता भएका अमेरिकी किशोर नाटाली होलोवेबारे विशेष टेलिभिजन शो गरेका थिए, यसका लागि उनलाई इममी अवार्ड मिलेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप