आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा निषेधाज्ञा जारी, जोर–बिजोर प्रणाली हटाइयो

बिहीबार, ३१ असार २०७८, २१ : ४३
बिहीबार, ३१ असार २०७८

बुटवल । रुपन्देहीमा सार्वजनिक तथा निजी सवारी सञ्चालनमा जोर–बिजोर प्रणाली हटाइएको छ । जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिको बिहीबार बसेको बैठकले निषेधाज्ञा थप खुकुलो पार्दै सार्वजनिक सवारी सञ्चालनमा यसअघि कायम रहेको जोर–बिजोर प्रणाली हटाउने निर्णय गरेको हो । बैठकले निषेधाज्ञा भने जारी राख्ने निर्णय गरेको छ ।

व्यवसाय सञ्चालनका लागि यसअघि तोकेको निश्चित समयसीमा पनि हटाइएको छ । यसअघि रुपन्देहीमा अन्य व्यवसायहरु बिहान ११ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्ने गरी समयसीमा राखिएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी कमलराज पाण्डेले निषेधाज्ञालाई थप खुकुलो पार्दै कोरोना परीक्षणको दायरा बढाउने र स्वास्थ्यका मापदण्ड पालनामा कडाइ गर्ने निर्णय गरिएको जानकारी दिए ।

यस्तै ठूला मेला तथा भिडभाड हुनेखालका कार्यक्रमहरुमा भने अझै रोक लगाइएको छ । विश्वविद्यालय तथा विद्यालय तहका परीक्षा एउटा कक्षामा २५ जनाभन्दा धेरै परीक्षार्थी राख्न नपाउने गरी सञ्चालन गर्न अनुमति दिने निर्णय पनि गरिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप