शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

बजेट अध्यादेशबाट ल्याउन प्रदेश प्रमुख समक्ष सिफारिस

बिहीबार, ३१ असार २०७८, २० : ४५
बिहीबार, ३१ असार २०७८

कर्णाली प्रदेश सरकारले आउँदो आर्थिक वर्षको बजेट अध्यादेशमार्फत ल्याउनका लागि प्रदेश प्रमुखलाई सिफारिस गरेको छ । बिहीबार बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले प्रदेश विनियोजन अध्यादेश र प्रदेश आर्थिक अध्यादेश  २०७८ जारी गर्न प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीलाई सिफारिस गरेको हो । 

प्रदेश सरकारले गत असार १ गते नै आर्थिक बर्ष २०७८/७९ का लागि बजेट पेस गरेपनि बजेट माथि छलफल हुन सकेन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले लगातार संसद अवरुद्ध पारेपछि सरकारले गएराती बजेट अधिवेशन अन्त्य गरेर अध्यादेशको बाटोबाट बजेट पारित गर्न लागेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप