शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

हाम्रो डाटा चोरी भएको छैन : नेपाल टेलिकम

बिहीबार, ३१ असार २०७८, १९ : ४०
बिहीबार, ३१ असार २०७८


            
नेपाल टेलिकमले आफ्नो डाटा चोरी नभएको स्पष्ट पारेको छ । नेपाल टेलिकमको सर्भरमा ह्याकर समूहद्वारा आक्रमण गरिएको र कम्पनीको डाटा रेकर्ड चोरी गरी बिक्रीमा राखिएको भन्ने सम्बन्धमा गत असार २७ गते विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशित भएको थियो ।

समाचार प्रकाशन भए पश्चात डाटा सुरक्षासम्बन्धी गाम्भीर्यता मनन गरी कम्पनीले शंकाको घेरामा रहेको उपकरण तत्काल बन्द गरी छानविन शुरु गरेको थियो । प्रवक्ता राजेश जोशीले  कम्पनीका सम्बन्धित विज्ञहरुबाट विस्तृत छानविन पश्चात कम्पनीको कुनैपनि डाटा चोरी नभएको र समाचारहरुमा उल्लेख गरिएको दाबीमा कुनैपनि सत्यता नरहेको निष्कर्ष निकालिएको दाबी गरे । 

जोशीले ग्राहकसँग सम्बन्धित डाटा सुरक्षित राख्न नेपाल टेलिकमले विभिन्न सुरक्षात्मक संयन्त्रहरु अपनाउँदै आइरहेको र आगामी दिनमा समेत ग्राहकका विवरणहरू सुरक्षित राख्नका लागि कम्पनी प्रतिबद्ध रहेका बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप