यूनाइटेड इन्स्योरेन्स एक अर्ब क्लबमा प्रवेश
बिहीबार, ३१ असार २०७८, १८ : ४२
युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लि.ले १०० करोड माथिको बीमा शुल्क आर्जन गरेको छ । कोभिड महामारीको विषम परिस्थितिमा समेत युनाइटेड इन्स्योरेन्स कम्पनीले नयाँ इतिहास रच्दै एक अर्ब क्लबमा प्रवेश गरेको हो ।
कम्पनी सञ्चालक समितिका अध्यक्ष रविभक्त श्रेष्ठ तथा प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल नेतृत्वको पहिलो वर्षमा नै व्यवस्थापन लगायत कर्मठ कर्मचारीहरुको सामूहिक प्रयासबाट अघिल्लो आर्थिक वर्षमा ६९ करोड बीमा शुल्क आर्जनको तुलनामा यस आर्थिक वर्षको बीमा शुल्क आर्जनमा उल्लेखनीय वृद्धि हासिल भएको हो ।
कम्पनीको सेवामा गरेको निरन्तर गुणस्तरीय विस्तार, शाखा विस्तार, डिजिटलाइजेसनको प्रयोग, नयाँबजार प्रवद्र्धन रणनीति, संगठनात्मक संरचनामा सुधार जस्ता क्रियाकलापमार्फत यो सफलता हासिल गर्न सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार बैठक बोलाउने तयारीमा एमाले
-
अमेरिकाको प्रतिबन्धमा परे ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार पाकिस्तानी कम्पनी
-
‘औषधिको निरीक्षण र नियमन यथेष्ट मात्रामा भइरहेको छैन’
-
नौमुरे जलविद्युत आयोजनालाई सधैँ जनशक्ति र बजेट अभाव
-
शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग
-
‘कहिलेकाहीँ खरिद प्रक्रियाका कारणले औषधिको अभाव हुन सक्छ’