मकवानपुरमा साउन ७ गतेसम्म निषेधाज्ञा थपियो
मकवानपुरमा थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय भएको छ । जिल्ला सुरक्षा समिति मकवानपुरको बिहीबार बसेको बैठकले जारी निषेधाज्ञालाई थप सात दिन लम्ब्याउने निर्णय गरेको हो । यो निर्णयसँगै मकवानपुरमा आगामी साउन ७ गतेसम्म निषेधाज्ञा लागु हुने भएको छ ।
कोरोनाभाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत बैशाख १९ गतेदेखि मकवानपुरमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्र मकवानपुरको सिफारिसमा सुरक्षा समितिको बैठकले जिल्लामा कोरोना संक्रमितको दर घट्दै गएको तर,जोखिम यथावत नै रहेकाले जारी निषेधाज्ञालाई निरन्तरता दिने र यसअघि आज मध्यरातिसम्म जारी गरिएको निषेधाज्ञालाई लम्ब्याउने गरेको हो ।
त्यस्तै बैठकले पसल व्यवसायको सन्दर्भमा अत्यावश्यक उपभोग्य वस्तु खाद्यान्न, पानी, दूध, माछा, मासु, अण्डा, फलफूल तथा तरकारी बिक्री वितरण गर्ने व्यवसायहरु बिहान ४ बजेदेखि बिहान ११ बजेसम्म खोल्ने दिने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय मकवानपुरका सूचना अधिकारी देवचन्द्र गर्तौलाले जानकारी दिए ।
पुस्तक तथा स्टेशनरी, इलेक्ट्रिक तथा इलेक्ट्रोनिक्स पसलहरू, हार्डवेयर पसल, भाँडा पसल, कपडा पसल, टेलर, जुत्ता चप्पल पसल, सुनचाँदी पसल, कस्मेटिक पसल, फर्निचर तथा फर्निसिङ, सवारी साधन मर्मत गर्ने वर्कसप तथा मोटर पार्टस् बिक्री वितरण गर्ने व्यवसायहरु बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न दिने निर्णय गरेको उनले बताए ।
रेष्टुरेन्ट, मिठाई तथा खाजा पसलहरूबाट होम डेलिभरी गर्ने गरी बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म खोल्न दिने निर्णय गरेको सूचना अधिकारी गर्तौलाले बताए । पसल तथा व्यवसाय सञ्चालन गर्दा अनिवार्य रूपमा मास्कको प्रयोग, भौतिक दूरी कायम गराई जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने र भिडभाड नहुने गरी सञ्चालन गर्नुपर्ने उक्त बैठकको निर्णय रहेको छ । बैठकले सार्वजनिक सवारी साधन बिहान ६ बजेदेखि बेलुका ७ बजेसम्म सञ्चालन गर्न अनुमति दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजविराज विमानस्थलमा रात्रिकालीन उडान सुरु
-
भ्रष्टाचार गर्नेलाई आजीवन कारावासको व्यवस्था हुनुपर्छ : मुख्यमन्त्री सिंह
-
सर्लाहीमा चिसोबाट बच्नका लागि न्यानो लुगा वितरण
-
नाइजेरियामा डुङ्गा दुर्घटना हुँदा कम्तीमा २० जनाको मृत्यु
-
फेरिरहन्छन् निर्यात हुने वस्तु, कारण के ?
-
वैदेशिक लगानीको सुरक्षाका लागि नेपाल सरकार प्रतिबद्ध छ : मन्त्री भण्डारी