सिताराम डेरीको पनीर र लसी बजारमा
सिताराम गोकुल मिल्क्स काठमाडौं प्रालिले सिताराम दुध उत्पादन र बिक्री वितरणको २५ बर्ष पुगेको अवसरमा बिभिन्न उत्पादनहरु बजारमा ल्याएको छ । सीताराम दुध नेपालको निजी क्षेत्रको सबैभन्दा ठुलो दुध तथा दुग्धजन्य पदार्थ उत्पादन गर्ने डेरी हो । केडिया अर्गनाइजेसनको भागिनी संस्थाको रुपमा स्थापना भएको सीताराम गोकुल मिल्कस् काठमाडौं प्रा.लि.को उत्पादन कारखाना कीर्तिपुरको दूधपोखरीमा रहेको छ ।
सीताराम दु्ध आम नेपालीहरुले विगत २५ वर्षदेखि सेवन गर्दै आइरहेका छन् । आधुनिक प्रविधि सँगसँगै सीताराम गोकुल मिल्कस्ले आम नेपालीको भान्सामा आवश्यक पर्ने सीताराम दुध, सिताराम घिउ, पनिर बटर र चिनीसहित र चिनी रहितको दही, सितारमा फ्रेश मिल्क तथा लस्स्सी बजारमा बिक्री वितरणमा ल्याएको छ । एउटा दुग्ध उत्पादक डेरीको उत्पादन अब एउटै बास्केटमा आएको सिताराम डेरीका प्रबन्ध निर्देशक सुमित केडियाले बताए ।
‘हामीले आम ग्राहक महानुभावको सल्लाह र सुझाव बमोजिम सितारामका उत्पादनहरु बजारमा ल्याएका छौं र आम सर्वसाधरण सबैले सजिलै बिभिन्न डिपार्टमेन्टल स्टोर जस्तै भाटभटेनी, बिगमार्ट लगायत अन्य मार्ट तथा पसलहरुमा पाउनुहुनेछ भने सितारम डेरीको आफनै आउटलेट कुलेश्वरबाट समेत खरिद गर्न सक्नुहुनेछ । सितारमा दुध जहिले पनि आफनो गुणस्तर र आम ग्राहकहरुको स्वास्थ प्रति संवेदनशील रहेको छ र यस डेरीबाट उत्पादन हुने दुध तथा दुग्धजन्य पदार्थ सेवन ढुक्कका साथ गर्न सबैमा अनुरोध गर्दछु’ केडियाले भने । सिताराम गोकुल मिल्कस्को बजारमा उपलब्ध दही, पनीर, बटर, फ्रेश मिल्क तथा लसी रहेका छन् ।
सिताराम गोकुल मिल्कस काठमाडौं प्रा.लिले प्रत्यक्ष एवं अप्रत्यक्ष रुपमा हजारौ जनतालाई रोजगारी दिन सफल भएको छ विगत २५ बर्षदेखि । यतिमात्र होइन दुधले राम्रो आम्दानी गरी आर्थिक आय श्रृजनाको मुख्य श्रोत कृषि मध्येको गाईपालन हो भन्ने तथ्यलाई समेत प्रमाणित गर्न सफल भएको छ । किसानको गोठदेखि आम जनताको ओठसम्म सिताराम डेरीले दुध तथा यसबाट उत्पादित दुग्धजन्य पदार्थहरु पुरयाएको छ ।
सिताराम गोकुल मिल्कस् काठमाडौं प्रालि २०५२ सालमा कीर्तिपुरको दूधपोखरीमा स्थापना भई सञ्चालन हुँदै आएको छ । सो कम्पनीले नवलपरासी, रुपन्देही, चितवन र काभ्रेपलाञ्चोक जिल्लामा २२ वटा दूध चिस्यान केन्द्र स्थापना गरेर जिल्लाका १५० दूध उत्पादक सहकारी संस्थाका साथसाथै लगभग २० निजी दूध व्यवसायीमार्फत नियमित दूध सङ्कलन गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भक्तपुर-नगरकोट सडक परियोजना सम्झौता रद्द
-
शिक्षामन्त्री विद्या भट्टराईले ६ महिनामा के–के गरिन् ?
-
दुर्गा प्रसाईंले बुझाए धरौटी, सहयोगीले बुझाउन सकेनन्
-
कास्कीबाट छुटेसँगै रवि लामिछाने थुनामुक्त हुन्छन् कि हुँदैनन् ? के हुन्छ अब ?
-
माघ १ गतेदेखि बैंकमा खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य
-
कांग्रेसले स्टार्टअप र साना मझौला व्यवसाय सम्मेलन गर्ने