विप्लव समूहका नेता हेमन्तप्रकाश ओलीलाई रिहा गर्न सर्वोच्चको आदेश

नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता हेमन्तप्रकाश ओलीलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश गरेको छ । सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोज शर्माको संयुक्त इजलासले उनलाई थुना मुक्त गर्न आदेश गरेको हो ।
सर्वोच्च अदालतले जिल्ला अदालत र उच्च अदालतले यसअघि हेमन्त प्रकाशको नाममा गरेको आदेश बदर हुने ठहर गरेको छ । प्रहरीले ०७५ चैत ९ उनलाई काभ्रेबाट पक्राउ गरेको थियो ।
हातहतियार खरखजाना, विष्फोटक पदार्थ, राजद्रोह र संगठित अपराध मुद्दामा जिल्ला अदालत ललितपुरले ओलीलाई थुनामा राख्ने आदेश गरेको थियो । उच्च अदालत पाटनले जिल्लाको आदेश सदर गरेसँगै उनी लामो सयमदेखि नख्खु कारागारमा थिए ।
सर्वोच्चले जिल्ला र उच्चको आदेश नमिलेको ठहर गरेर हेमन्तप्रकाश ओलीलाई रिहा गर्ने आदेश दिएको उनको तर्फबाट बहस गरेका अधिवक्ता एकराज भण्डारीले रातोपाटीलाई बताए । अस्वस्थताका कारण ओली केही दिनदेखि बाँसबारीस्थित गंगालाल अस्पतालमा उपचार गराइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वराष्ट्रपति वा उपराष्ट्रपति राजनीतिमा फर्किने कार्य उपयुक्त होइन : माधव नेपाल
-
सर्लाहीमा दलित – गैरदलितको सहकार्यमा सीताराम महायज्ञ
-
चितवन महिला मोटर र्याली तथा नेपाल अटो जिमखान सम्पन्न
-
स्वस्थ हावा स्वस्थ शरीर
-
बल्खु चोकमा भेला हुन थाले राप्रपाका नेता कार्यकर्ता, तस्बिरहरू
-
दीनानाथ शर्माको नेतृत्वमा माओवादी टोली चीन जाँदै