शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नर्भिकको अध्यक्षमा सिंह र सीइओमा मिश्र नियुक्त

बिहीबार, ३१ असार २०७८, १७ : ४८
बिहीबार, ३१ असार २०७८

नर्भिक इन्टरनेशनल हस्पिटलमा नयाँ नेतृत्व चयन भएको छ । अस्पतालको सञ्चालक समितिको बैठकले अध्यक्षमा राजेन्द्रबहादुर सिंह र प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा अजयकुमार मिश्रलाई नियुक्त गर्ने निर्णय गरेको हो । अध्यक्षमा नियुक्त सिंह यसअघि नर्भिक अस्पतालको कार्यकारी निर्देशकको रुपमा कार्यरत थिए । उनलाई बढुवा गरी सञ्चालक समितिको अध्यक्ष बनाइएको हो । 

अध्यक्षमा नियुक्त सिंह विगत एक दशक भन्दा लामो समयदेखि नर्भिकमा आबद्ध छन् । उनी नर्भिकमा आउनुअघि नेपाल प्रहरीको एआइजीबाट अवकाशप्राप्त व्यक्ति हुन् ।  उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीए, अमेरिकाको भर्जिनियास्थित एफबीआई अकाडेमीबाट ग्राजुएसन, क्रिमिनल जस्टिस एण्ड पोलिस म्यानेजमेन्ट विषयमा युकेबाट पोस्ट ग्राजुएट सर्टिफिकेट लेभलको अध्ययन पूरा गरेका छन् । 

यसैगरी, नर्भिक अस्पतालको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा नियुक्त अजय मिश्र कुशल बैंकर तथा व्यवस्थापकको परिचय बनाएका व्यक्ति हुन् । उनी एक कुशल विश्लेषक तथा बैंकहरुको मर्जर विज्ञ समेत हुन् । 
उनी यसअघि युनाइटेड फाइनान्सको सिइओको रुपमा कार्यरत थिए । युनाइटेड फाइनान्सलाई नवील बैंकमा सफल रुपमा मर्ज गराएर एकीकृत कारोबारसँगै उनले करिअरको १६ वर्ष समय बिताएको बैंकिङ सेक्टरबाट अवकाशको घोषणा गरेका थिए । 

मिश्रसँग गोर्खा फाइनान्स, सिद्धार्थ डेभलपमेन्ट बैंक, जनता बैंक लगायतका आधा दर्जन वित्तीय संस्थामा काम गरेको अनुभव छ ।  बैंकिङमा आउनुअघि मिश्रले नेपाल सरकार, युएनडिपीको, प्लान इन्टरनेशनल, नेपाल टेलिभिजन लगायतमा काम गरेका थिए ।

यी संस्थाहरुमा उनको बैंकिङ करिअरको १६ वर्ष व्यतित भएको थियो । मिश्रले काठमाण्डौ युनिभर्सिटीबाट विजिनेश एडमिनिस्ट्रेसनमा एमफिल(प्राचार्य) सम्मको अध्ययन पूरा गरेका छन् । नर्भिक अस्पतालको नेतृत्व परिवर्तन भएपनि मुख्य लगानी भने बिएलसी होल्डिङ्सकै कायम रहनेछ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप