सिंहदरबारमा सत्तापक्षीय गठबन्धनको बैठक जारी
बिहीबार, ३१ असार २०७८, ०६ : ००

सत्ता पक्षीय ५ दलीय गठबन्धनको बैठक सिंहदरबारमा जारी रहेको छ ।
केहीबेर अघि सुरु भएको उक्त बैठकमा सरकार सञ्चालनका विषयमा छलफल भएको बुझिएको छ ।
‘खासगरी सरकार सञ्चालनका विषयमा छलफल गर्न भनेर बोलाइएको छ । छलफल भएपछि मात्रै थाहा होला’, गठबन्धनमा रहेका एक नेताले रातोपाटीसँग भने, ‘सम्भवत मन्त्री र मन्त्रालयका बारेमा छलफल होला ।’
गठबन्धनमा रहेका दलहरु मध्ये कसलाई कति मन्त्रालय दिने र को को मन्त्री बनाउने भन्ने टुङ्गो लाग्न सकेको छैन । यसअघि माओवादी केन्द्रले उच्चस्तरीय राजनीति संयन्त्र बनाउनुपर्ने प्रस्ताव अघि सारेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारत–पाकिस्तान युद्धले इन्धन अभावको हल्ला, के भन्छ आयल निगम ?
-
नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न एमालेको ह्विप
-
सभामुखको रुलिङ : भारत र पाकिस्तानका नेपालीको आवश्यक सुरक्षा अपनाउनु
-
सरकारले नीति तथा कार्यक्रममै जनताको अभिव्यक्तिलाई निस्तेज पार्ने काम गरेको छः राप्रपा
-
रौतहटमा रोकिएन हात्तीको विध्वंश
-
पाल्पा र डडेल्धुरामा सवारी दुर्घटना, दुई जनाको मृत्यु