शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

थप १५ अस्पतालबाट सामाजिक इकाइ सेवा कार्यक्रम

बिहीबार, ३१ असार २०७८, १७ : १७
बिहीबार, ३१ असार २०७८

सरकारले सामाजिक इकाई कार्यक्रम थप १५ स्थानमा सञ्चालन गर्ने भएको छ । उपत्यका लगायत देशका विभिन्न  भागमा रहेका अस्पतालमा सामाजिक इकाई सञ्चालन गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 
संविधानको धारा ३५ अनुसार प्रत्येक नागरिकलाई आधारभूत स्वास्थ्य सेवा निःशुल्क प्राप्त गर्न सक्छन् । तर, सरकारले संघीय तथा प्रादेशिक स्तरका अस्पताल, सामुदायिक तथा शिक्षण अस्पतालहरुमा लक्षित समूहका बिरामीका लागि उपलब्ध गराउँदै छ । ती अस्पतालबाट निःशुल्क तथा सहुलियत स्वास्थ्य सेवा दिने उद्देश्यले ०६९÷७० देखि सामाजिक सेवा इकाई सञ्चालन सुरु गरेको हो ।

हालसम्म ४४ वटा अस्पतालबाट सामाजिक सेवा इकाई संचालनमा रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयले सामाजिक सेवा कार्यक्रम सञ्चालन मार्गदर्शन ०७८÷७९ जारी गरी लक्षित समूहका बिरामीलाई सामाजिक सेवा एकाइमार्फत निःशुल्क  वा आंशिक छुटमा उपलब्ध गराउने उद्देश्यले थप १५ वटा अस्पतालमा सेवा सञ्चालन गर्ने निर्णय गरेको जनाएको छ ।

 अब सामाजिक सेवा इकाई सञ्चालन अस्पतालको संख्या ५९ पुगेको छ । सामाजिक सेवा इकाई कार्यक्रम सञ्चालन हुने अस्पतालहरू  प्रदेश नं. १ मा ताप्लेजुङ अस्पताल, संखुवासभा अस्पताल, प्रदेश २ मा कलैया अस्पताल, महोत्तरी अस्पताल, सिरहा अस्पताल, सर्लाही अस्पताल, बागमती प्रदेशमा कीर्तिपुर अस्पताल रहेका छन् ।

 उता गण्डकी प्रदेशमा दमौली अस्पताल, पर्वत अस्पताल र स्याङजा अस्पताल रहे  का छन् । लुम्बिनी प्रदेशमा पृथ्वीचन्द्र अस्पताल, प्युठान अस्पताल, रोल्पा अस्पताल, कर्णाली प्रदेशमा कालिकोट अस्पताल र सुदूरपश्चिम प्रदेशमा बैतडी अस्पताल रहेका छन् । 

सामाजिक सेवा एकाइ कार्यक्रम सातै प्रदेशमा थप भएपछि १४ वटा अस्पतालबाट अब गरिब, असहाय, अपाङ्गता भएका व्यक्तिले बिनापरिचयपत्र सेवा लिन पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
 यस्तै ज्येष्ठ नागरिक, लैङ्गिक हिंसा पीडित (बालबालिका), गरिब तथा विभिन्न आकस्मिक बिरामी, विपद् एवम अप्राकृतिक प्रकोप महमारी भूकम्प, बाढी, पहिलो, आगलागी आदिबाट पीडित, सीमान्तीकृत तथा लोपोन्मुख  आदिवासी जनजाति, कुपोषित बालबालिका थुनुवा, कैदी बिरामी, शहीद परिवार र दुर्घटना परेका, अभिभावक नभएका बिरामीले निःशुल्क उपचार सेवा प्राप्त गर्न सक्नेछन् ।

 स्वास्थ्य मन्त्रालयले ज्येष्ठ नागरिक (जेरियाट्रिक) स्वास्थ्य सेवा सञ्चालन मार्गदर्शन, २०७८—७९ जारी गर्दै उक्त सेवा थप २५ वटा अस्पतालमा समेत विस्तार गरेको छ ।
  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप