ललितपुरमा सुरु भयो विदेशबाट समेत भर्चुअल बकपत्र

जिल्ला अदालत ललितपुरले विदेशमा रहेका व्यक्तिबाटसमेत भर्चुअल विधिबाट बकपत्र सुरु गरेको छ । बिहीबार जिल्ला न्यायाधीश मदन बहादुर धामीले ओमानमा रहेका साक्षीसँग भर्चुअल विधिबाट बकपत्र गराएका हुन् ।
जिल्ला अदालत ललितपुरमा ठगी मुद्दा खेपिरहेका पाकिस्तानी नागरिक अहमद बार्लासविरुद्ध साक्षीका रुपमा वैदेशिक रोजगारीका सिलसिलामा ओमन पुगेका व्यक्तिसँग भर्चुअल विधिबाट बकपत्र गराइएको हो । सुनसरी जिल्ला बोजु गाउँपालिका ६ घर भई तत्कालीन समयमा ललितपुर जिल्ला ललितपुर महानगर पालिका वडा नम्बर १४ नखिपोट बस्ने रामचन्द्र महताको बकपत्र भएको जिल्ला अदालत ललितपुरका श्रेष्तेदार विष्णुप्रसाद पाण्डेले बताए ।
बिहीबार नै अदालतले पुर्पक्षका लागि कारागार कार्यालय नख्खुमा रहेका अहमद बार्लासको पनि बयान गराएको श्रेष्तेदार पाण्डेले बताए । सरकारी वकिललाई पनि भर्जुअल विधिबाटै जोडिएको पाण्डेले बताए ।
पाकिस्तानी नागरिक बार्लासले विभिन्न अस्पतालमा पुगेर बिरामीका आफन्तसँग मेरी श्रीमती भेन्टिलेटरमा छ, बच्चा आइसियुमा छ, म भोलि पैसा दिन्छु भन्दै करिब ४ लाख ठगी गरेका थिए । उनीविरुद्ध ललितपुर जिल्ला अदालतमा ठगी मुद्दा दायर भएको थियो ।
अदालतले नेपालमै भएका नेपाली नागरिकको बकपत्र लगायतका काम यसअघि नै भर्चुअल विधिबाट सुरु गरेको भएपनि विदेशमा रहेका साक्षीका हकमा बिहीबारबाट सुरु गरिएको हो । भर्चुअल विधिबाट बकपत्र सुरु गराएसँगै अब बयान दिन अदालतसम्म पुग्नुपर्ने झन्झट हटेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यसकारण ८ वर्षपछि चलचित्र अभिनयमा फर्किए राजेश हमाल
-
ढुङ्गेलको अध्यक्षतामा २७ सदस्यीय लोकतान्त्रिक ब्याडमिन्टन सङ्घ गठन
-
‘किसान पलायन भए उद्योग व्यवसाय पनि सबल रहँदैन’
-
वैदेशिक रोजगार विभागका महानिर्देशकलाई गणतान्त्रिक मञ्चको ध्यानाकर्षण
-
प्रधानमन्त्री ओलीसँग भारतीय राजदूतको भेट, के भयो कुराकानी ?
-
चौसट्ठी वर्षमा पनि जाँगरिला ‘युक्ति’