आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

थप २ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि, ३३ को मृत्यु

बिहीबार, ३१ असार २०७८, १६ : ४६
बिहीबार, ३१ असार २०७८

पछिल्लो २४ घण्टामा थप २ हजार ६७६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । १२ हजार ७६८ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट १ हजार ७८२ र एन्टिजेन विधिबाट ८९४ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो । यही अवधिमा थप १ हजार ७५७ जना निको भएका छन् भने ३३ जनाको मृत्यु भएको छ ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट गरिएको परीक्षणमा ६ लाख ६२ हजार ५७० पुगेको छ भने एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४६ हजार ८६७ जना पुगेको छ । 

यस्तै निको हुनेको कुल संख्या ६ लाख २६ हजार ४६८ पुगेको छ भने मृतकको संख्या ९ हजार ४६३ पुगेको छ ।  हाल निको हुने दर ९४.६ प्रतिशत रहेको छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप