बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

निषेधाज्ञा साउन १० सम्म लम्ब्याइयो, उपत्यका बाहिरबाट आउने सार्वजनिक सवारीलाई प्रवेश खुकुलो

बिहीबार, ३१ असार २०७८, १६ : ३३
बिहीबार, ३१ असार २०७८

उपत्यका बाहिरबाट आएका सार्वजनिक सवारीलाई काठमाडौं उपत्यका प्रवेशमा खुकुलो गरिने निर्णय गरिएको छ । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले बिहीबार सो निर्णय गरेका हुन् । ‘आवश्यक परेका सार्वजनिक यातायातलाई प्रवेश अनुमति दिने निर्णय गरेका छौं’ भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले रातोपाटीसँग भने ।

आवश्यक परेका सार्वजनिक यातायातलाई उपत्यकामा प्रवेशका लागि सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको सिफारिस चाहिने बताइएको छ । काठमाडौंका प्रजिअ कालीप्रसाद पराजुली, भक्तपुरका प्रेमप्रसाद भट्टराई र ललितपुरका ढुण्डीप्रसाद निरौला सम्मिलित बैठकले निषेधाज्ञा साउन १० सम्म लम्ब्याउने निर्णय गरेका छन् ।

भिडभाड गर्न नपाउने र एक पटकमा २५ जनासम्म भौतिक दुरी कायम गरेर परिक्षा सञ्चालन गर्न पाउने यसअघिको निर्णयलाई निरन्तरता दिइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप